ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विश"/>

2026-09-08 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास्ट्रोनमी के हो ? भिजिट नेपाल २०२० मा ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्ला ?

ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विशिष्ट कलात्मक शैली हो, जुन प्रायः रैथाने खाना सँग सम्बन्धित हुन्छ ।

खाना पकाउने रैथाने तरिकाहरू, पौष्टिक तथ्यहरू, खाद्य विज्ञान, र पस्कने सैली, स्वाद र गन्धको प्रयोग तथा खाद्य पदार्थहरूको मानवीय गुण को रूपमा प्रयोग गर्ने तौर-तरिकालाई नै ग्यास्ट्रोनोमी भनिन्छ ।

ग्यास्ट्रोनोमीमा अन्वेषण, स्वाद लिने, अनुभव गर्ने, अनुसन्धान गर्ने, बुझ्ने र खाना तयार गर्ने र सम्पूर्ण मानव पोषणको सम्बन्धि गुणहरूको बारेमा जान्नु पर्ने हुन्छ । ग्यस्ट्रोनोमी भनेको मानिससँग सम्बन्धित सबै कुराको ज्ञान र समझ हो जुन उसले खान्छ जसको उद्देश्य उत्तम भोजन प्रयोग गरेर मानवहरूको स्वास्थ्य सुनिश्चित गर्नु हो । सन् १८०१ मा जोसेफ बर्चौक्सको “Gastronomie” शीर्षकको कविताले यो शब्दलाई जन्माएको जस्तो छ । ग्यास्ट्रोनोमीको विकास र इतिहासको प्रत्येक अवधिमा सामाजिक र आर्थिक पृष्ठभूमिबाट स्पष्टसँग प्रभावित भएको छ । सन् १८२५ मा युरोपबाट मानिसमा रहेको खानाको तर्क र ज्ञानसँग ग्यास्ट्रोनोमीलाई परिभाषित गरियो । यसको उद्देश्य ‘उत्तम सम्भावित खानाको माध्यमबाट मानिसको स्वास्थ्य संरक्षणमा योगदान पुर्याउनु थियो । रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रयोग गर्नु थियो । 

ग्यास्ट्रोनोमी फुडमा नेपालको स्थिति कस्तो छ ? के गर्दा होला ? के हामी भिजिट २०२० मा त्यही पिजा, पास्ता, बर्गर र स्टिकमा नै सिमित हुने हो ? किनेमा, घिण्टी, छ्यांग, क्वाँटी, ढिडो, रिकीकुर, कन्चाम्बा, ढिक्रि, भक्का, रोटो, माडा, खोले बिर्षने हो ?

ग्यस्ट्रोनोमी फुड टुरिजम ग्रामीण विकासको दिगोपन, आर्थिक र वातावरणीय योगदान तथा स्थानीय खाद्यान्नसँग लगातार जोडिरहेको हुन्छ, जसले परम्परागत संस्कृति संरक्षण गरेर, पर्यटकहरूलाई आकर्षित गर्ने र क्षेत्रीय अर्थव्यवस्थालाई समर्थन गरेर अपरिहार्य भूमिका खेल्छ । यद्यपि स्थानीय खानाको प्रामाणिकता र गुणस्तर धेरैजसो प्रतिस्पर्धात्मक लाभका रूपमा पूर्ण रूपमा विश्वास गर्ने अवस्था छैन तर हामी सेफहरुले यसको विकास गर्नु पर्छ । प्रामाणिकताको अभावले गर्दा गुण/अव-गुणहरु, पर्यटक सन्तुष्टि र पर्यटक वफादारीमा असर गर्दछ । तसर्थ, यस गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचामा प्रामाणिकताको भूमिकाको जाँच गर्नैपर्ने हुन्छ । खानाको प्रामाणिकता भनेको खाद्य पर्यटनको गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचाको कुञ्जी पूर्ववर्ती हो भनेर हाइलाइट गरेर गुणहरूको परम्परागत दृष्टिकोणलाई औल्याउनु हो । तव मात्रै नेपाली ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम