२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

लकडाउनले कर्णालीका पर्यटन क्षेत्र सुनसान (४० तश्वीरहरु)

२०७७, ३० बैशाख मंगलवार ११:४७

दान बहादुर बुढा | वैशाख ३०, मुगु | बिश्वका दुईसय भन्दा बढी देशमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस अथार्त कोभोड १९ को संक्रमण रोकथामको लागी नेपाल सरकारको निर्णय अनुसार गएको चैत्र ११ गतेबाट लकडाउन गरेपछि कर्णाली प्रदेशमा रहेका पर्यटक क्षेत्रहरु सुनसान रहेका छन् ।

कर्णाली प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, एतिहासिक, भेष-भुषा, जल-जमिन, बनस्पती, हिमाल, ताल नदी, लगाएतका अन्य क्षेत्रको महत्वपूर्ण पर्यटक क्षेत्रले भरी-भराउ भएको कर्णाली प्रदेश पछिल्लो समयमा कोरोना भाईरसका कारण पर्यटकहरु नआउदा सुनसान रहेका छ । 

कर्णाली प्रदेशमा रहेका भुलभुले ताल, काक्रेबिहार, दुल्लु दरवार, श्रीथान, तिन छहरे झरना, लक्ष्मीपुर शक्तिपिठ, मोलखा शिव गुफा, खैरावाड भगवन मन्दिर कुपिण्डे ताल, कालिकाटका पतला झरना, जुम्लाको चन्दनाथ भैरवनाथ, हिमा, तिला नदी, तातो पानी, कनकासुन्दरी मन्दिर, बिराट दरवार, नेपाली भाषाको उद्गम स्थान सिन्जा उपत्यका, रारा ताल, छाँयानाथ, कोईजिमरका हिमाल, बचन बोल्ने गुम्वा, शे फोक्सुन्डो ताल, त्रिपुरा सुन्दरी मन्दिर, हिल्सा, भेरी नदी, हुम्ला तातोपानी, लगायत हजारौँ पर्यटन क्षेत्रहरु लकडाउनको कारण पर्यटकहरु नआउदा सुनसान बनेका छन ।

पर्यटक स्थान आसपासमा बिभिन रुपमा ब्यावसाय गर्दै आईरहेका ब्यावसाय र होटल ब्यावसाय पनि पर्यटकहरु नआउदा सुनसान भनेका छन । 

लकडाउन सरकारले घोषण नगर्दै पहिला रारामा नेपालगंन्ज, जुम्ला सिन्जा हुदै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु हवाई र सतह मार्गबाट दैनिक ५० देखी ८० जनासम्म रारा आउने गरेका थिए, साथै होटल राम्रोसंग चल्ने गरेको थियो । कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि हिजो-आज सुनसान रारा बनेको रारा तलको किनारमा रहेको डाँफे होटल सन्चालक पुर्णदेबी वमले बताएकी छन ।

कर्णाली प्रदेशको सबैभन्दा बढी आर्थिक स्रोतको रुपमा रहेको क्षेत्र नै पर्यटन कृषी, जल जमिन, बिधुत, जडिबुटी हो । अन्य प्रदेश भन्दा कर्णाली प्रदेशमा पर्यटकको क्षेत्रहरु धेरै छन । बल्ल-बल्ल केही स्थानमा प्रचार-प्रसार भएर पर्यटकहरु आउन थालेका थिए । कोभिड १९ ले गर्दा पर्यटकहरु आउन बन्द हुँदा मुगु लगायत कर्णालीका सबै पर्यटक क्षेत्र सुन-सान भएका छन भने होटल ब्यावसायहरुले लगाएको लगानिमा घाटामा  परेका छन् यो समय सबैभन्दा महोत्वपूण भनेको भोग र रोग बाट बच्नु र बचाउनु ठूलो कुरा रहेका मुगु उद्योग बाणिज्य संघका अध्क्षय कमल बहादुर बुढाले बताएका छन ।   

डोल्पा जिल्लामा रहेका धार्मिक तथा एतिहासिक पर्यटक क्षेत्रहरुमा घुम्न बिगतका दिनहरुमा बिदेशी तथा स्वदेशी पर्यटकहरुको निकै घुईचो लाग्ने गरेका थिए । पर्यटकहरु आउदा डोल्फामा रहेका होटल ब्याबसायहरु ,भारी बोकी जिवन निबाह गर्न स्थानिय बासीहरुको आम्दानिको राम्रो स्रोत बनेको थियो । कोरोना भाईरसको कारण होटल, पर्यटकिय क्षेत्र सुनसान बनेका छन् भने भारी बोकी जिवन निवाह गर्नेहरुका रोजिरोटी खोसिएको डोल्पा उद्योग बाणिज्य संघका अध्क्षय लालिमान बुढाले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने