१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

लकडाउनले कर्णालीका पर्यटन क्षेत्र सुनसान (४० तश्वीरहरु)

३० बैशाख २०७७, मंगलवार ११:४७

दान बहादुर बुढा | वैशाख ३०, मुगु | बिश्वका दुईसय भन्दा बढी देशमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस अथार्त कोभोड १९ को संक्रमण रोकथामको लागी नेपाल सरकारको निर्णय अनुसार गएको चैत्र ११ गतेबाट लकडाउन गरेपछि कर्णाली प्रदेशमा रहेका पर्यटक क्षेत्रहरु सुनसान रहेका छन् ।

कर्णाली प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, एतिहासिक, भेष-भुषा, जल-जमिन, बनस्पती, हिमाल, ताल नदी, लगाएतका अन्य क्षेत्रको महत्वपूर्ण पर्यटक क्षेत्रले भरी-भराउ भएको कर्णाली प्रदेश पछिल्लो समयमा कोरोना भाईरसका कारण पर्यटकहरु नआउदा सुनसान रहेका छ । 

कर्णाली प्रदेशमा रहेका भुलभुले ताल, काक्रेबिहार, दुल्लु दरवार, श्रीथान, तिन छहरे झरना, लक्ष्मीपुर शक्तिपिठ, मोलखा शिव गुफा, खैरावाड भगवन मन्दिर कुपिण्डे ताल, कालिकाटका पतला झरना, जुम्लाको चन्दनाथ भैरवनाथ, हिमा, तिला नदी, तातो पानी, कनकासुन्दरी मन्दिर, बिराट दरवार, नेपाली भाषाको उद्गम स्थान सिन्जा उपत्यका, रारा ताल, छाँयानाथ, कोईजिमरका हिमाल, बचन बोल्ने गुम्वा, शे फोक्सुन्डो ताल, त्रिपुरा सुन्दरी मन्दिर, हिल्सा, भेरी नदी, हुम्ला तातोपानी, लगायत हजारौँ पर्यटन क्षेत्रहरु लकडाउनको कारण पर्यटकहरु नआउदा सुनसान बनेका छन ।

पर्यटक स्थान आसपासमा बिभिन रुपमा ब्यावसाय गर्दै आईरहेका ब्यावसाय र होटल ब्यावसाय पनि पर्यटकहरु नआउदा सुनसान भनेका छन । 

लकडाउन सरकारले घोषण नगर्दै पहिला रारामा नेपालगंन्ज, जुम्ला सिन्जा हुदै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु हवाई र सतह मार्गबाट दैनिक ५० देखी ८० जनासम्म रारा आउने गरेका थिए, साथै होटल राम्रोसंग चल्ने गरेको थियो । कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि हिजो-आज सुनसान रारा बनेको रारा तलको किनारमा रहेको डाँफे होटल सन्चालक पुर्णदेबी वमले बताएकी छन ।

कर्णाली प्रदेशको सबैभन्दा बढी आर्थिक स्रोतको रुपमा रहेको क्षेत्र नै पर्यटन कृषी, जल जमिन, बिधुत, जडिबुटी हो । अन्य प्रदेश भन्दा कर्णाली प्रदेशमा पर्यटकको क्षेत्रहरु धेरै छन । बल्ल-बल्ल केही स्थानमा प्रचार-प्रसार भएर पर्यटकहरु आउन थालेका थिए । कोभिड १९ ले गर्दा पर्यटकहरु आउन बन्द हुँदा मुगु लगायत कर्णालीका सबै पर्यटक क्षेत्र सुन-सान भएका छन भने होटल ब्यावसायहरुले लगाएको लगानिमा घाटामा  परेका छन् यो समय सबैभन्दा महोत्वपूण भनेको भोग र रोग बाट बच्नु र बचाउनु ठूलो कुरा रहेका मुगु उद्योग बाणिज्य संघका अध्क्षय कमल बहादुर बुढाले बताएका छन ।   

डोल्पा जिल्लामा रहेका धार्मिक तथा एतिहासिक पर्यटक क्षेत्रहरुमा घुम्न बिगतका दिनहरुमा बिदेशी तथा स्वदेशी पर्यटकहरुको निकै घुईचो लाग्ने गरेका थिए । पर्यटकहरु आउदा डोल्फामा रहेका होटल ब्याबसायहरु ,भारी बोकी जिवन निबाह गर्न स्थानिय बासीहरुको आम्दानिको राम्रो स्रोत बनेको थियो । कोरोना भाईरसको कारण होटल, पर्यटकिय क्षेत्र सुनसान बनेका छन् भने भारी बोकी जिवन निवाह गर्नेहरुका रोजिरोटी खोसिएको डोल्पा उद्योग बाणिज्य संघका अध्क्षय लालिमान बुढाले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गर्यो परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस देशभरको मौसम सफा रहने पूर्वानुमान अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति