2026-10-15 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाको तिला नदीमा र्याफ्टिङ सफल परीक्षण, याफ्टिङमा रमाउनेको भिड (७ तस्बिर)

दान बहादुर बुढा | साउन १७, मुगु | जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार नजिकै रहेको तिला नदीमा र्याफ्टिङ परिक्षणमा सफल भएको छ ।

र्याफ्टिङ परिक्षण सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ ।

अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्याफ्टिङ चलिरहेको छ । र्याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएको छन । गो कर्णालीका सञ्चालक ललित महतले अफ सिजनमा पनि तिला नदीमा र्याफ्टिङ चलाउन उपयुक्त रहेको हुनाले यो ब्यावसाय सन्चालनमा ल्याएको बताएका छन् । उनले भने, ‘र्याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक र्याफ्टिङ चलिरहेको छ ।’ आन्तरिक तथा बाह्य पर्यटकको जुम्ला बजारमा बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका हुन । 

छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने छ । लामो प्याकेज दानसाँघु देखि राँका  सम्म तोकिएको छ । यहाँसम्म प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्ने छ । ‘फुल डे प्याकेज’ का लागि २० हजार रुपैयाँ तोकिएको छ । र्याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने र्याफ्टिङ सन्चालकहरुले बताएका छन् । 

दानसाँघुबाट तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइने व्यवस्था पनि मिलाइएको र्याफ्टिङ सञ्‍चालन कम्पनीले जानकारी दिएको छ । यहाँ आउने पर्यटकले मार्सी चामलको भात, तिलामा पाइने असला माछा समेत खान पाउने छन् । र्याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सी धान, स्याउ बगैंचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिने छ । गर्मी याममा कर्णालीमा र चिसोमा भेरी नदीमा र्याफ्टिङ व्यवसाय  संचालन गरिने योजना रहेको संचालक महतले बताए छन् । उनले भने, ‘स्थानीय सरकारसँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठीचौरमा समेत संचालन गर्ने योजना  रहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने