'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... 'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

२०७७, २५ आश्विन आईतवार १३:३१

असोज २५, काठमाडौं ।  नेपालको अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट १० गन्तव्यमा परेको छ । घुमघामसम्बन्धी जानकारी दिने विश्वकै चर्चित वेबसाइट 'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको हो ।

लोन्ली प्लानेटले कोरोना भाइरसका कारण विश्वभरको पर्यटन क्षेत्र प्रभावित भएको तर अब सुरक्षित तरिकाले भ्रमणको लागि भन्दै विश्वका १० उत्कृष्ट गन्तव्य सार्वजनिक गरेको छ । लोन्ली प्लानेटको उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट दशौँ नम्बरमा परेको छ ।  

वेबसाइटले अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भनेको छ । मन्दिर, डाँडापाखा, हिमाल, नदी, स्थानीय जनजीवन आदिको दृश्यावलोकन गर्दै अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दा निकै सन्तुष्टि प्राप्त हुने जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचो ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकालगायतका ठाउँको वर्णन वेबसाइटमा गरिएको छ । अन्नपूर्ण क्षेत्रको यात्रा चुनौतीपूर्ण, रोमाञ्चक र उत्प्रेरक हुने लोन्ली प्लानेटको दाबी छ । दिनभरिको पदयात्रापछि मिठो खाना र दूध चियासहितको साँझ झनै रोमाञ्चक हुने पनि वेबसाइटले जनाएको छ ।  

लोन्ली प्लानेटका अनुसार विश्वकै घुम्न लायक गन्तव्यको पहिलो ठाउँमा जोर्डनको पेट्राको लस्ट सिटी, दोस्रोमा इक्वेडरको गालापागोस, तेस्रोमा अस्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज, चौथोमा अफ्रिकी देश बोत्सवानाको ओकाभाङ्गो डेल्टा, पाँचौँमा उत्तर अमेरिकाको एल्लोस्टोन नेशनल पार्क परेकाे छ ।

त्यस्तै छैठौँमा स्लोभानियाको ब्लेड ताल, सातौँमा अर्जेन्टिना र ब्राजिलको सीमामा रहेको इग्वाजु झरना, आठौँमा कम्बोडियाको अङ्कोर मन्दिर र नवौँ नम्बरमा बोलिभियाको सालर दी ताल रहेको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै