2026-09-08 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

कार्त्तिक १७, काठमाडौँ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । 

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को सहयोगमा नेपाल साइकल यात्रा गरिएको हो । 

नेपाल साइकल यात्रा समूहले आज नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट साइकल यात्रा शुरु गरेको हो । उक्त समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बिदाइ गर्नुभएको छ । 

साइकल यात्रा समूहले पश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म साइकल यात्रा गर्ने नेपाल साइकल यात्रा मेला–२०७७ का संयोजक पुष्कर शाहले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुरु भएको यात्रा महेन्द्रनगरबाट शुरु भई ठाकुरद्वार, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काँकरभिठासम्म पुग्नेछ । उक्त समूह तीन हप्ताको साइकल यात्रापश्चात् काठमाडौँ फर्कनेछ । 

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले कोभिड–१९ ले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनःजीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापीरुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने बताउनुभयो । 

साइकल समूहमा संयोजक शाहसहित पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, शङ्कर अधिकारी, सुभास केसी, मुक्ति पाण्डेलगायत हुनुहुन्छ । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दूरी एक हजार ६२४ किलोमिटर हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल