2026-10-30 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ : पर्यटन सचिव कोइराला

कार्त्तिक २०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज भृकुटीमण्डपस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन उद्योगलाई पूर्ववत अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको बताउनुभयो ।

बोर्ड कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका सचिव कोइरालाले बोर्डका गतिविधिलाई प्रभावकारी तुल्याउन सबै संयन्त्रलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

बोर्डको कार्यकारी समिति सदस्य दीपक महतले आजको विषम र प्रतिकूल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिनुभयो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको चिनारी, नीतिगत व्यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । बोर्डको एकल युनियनका अध्यक्ष कुन्दन मिश्रले बोर्ड र कर्मचारीका यावत समस्या र समाधानका विषयमा धारणा राख्नुभएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ