पढ्न करिब 1 मिनेट लाग्छ
<p>कार्तिक २६, काठमाडौँ | कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले हिमालको सफल आरोहण गरेका छन् | अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो अमादब्लम हिमालको आज सफल आरोहण गरेका हुन् |<br></p><p>राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए | </p><p>राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको सफल आरोहण गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए |</p>

