२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु गर्यो उडान

२०७७, २९ कार्तिक शनिबार ०९:५१

कात्तिक २९, पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।  साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो । 

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरिएको जानकारी दिनुभयो । “कात्तिक २६ गतेदेखि पोखरा विमानस्थलबाट उडान शुरु गरेकामा अहिले दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो । 

उहाँले पर्यटकीय गतिविधि सुस्ताएका समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले पाँच हजार ५०० मा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ । उहाँले विशेष छुट दिन थालेपछि पोखराबाहेकका जिल्लाबाट समेत सोधपुछ र बुक गर्न थालिएको बताउनुभयो । 

पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमका कारण जोकोहीका लागि रोजाइको शहर हो । कोभिड–१९ को जोखिमबीच पनि साहसिक खेल पारखी पोखरामा झुम्न थालेका छन् । प्याराग्लाइडिङ कम्पनीले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको घुइँचो लाग्न थालेको छ ।   

केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उड्नुभएका गल्फ इन्नोभेशन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताउनुभयो ।  साहसिक खेलमा रुचि राख्ने श्रेष्ठले यसअघि बञ्जी जम्प, प्याराग्लाइडिङ, जीप फ्लायर, स्विङ, ¥याफ्टिङ गरिसकेको र अरूभन्दा अल्ट्रालाइट अझ विशेष लागेको अनुभव सुनाउनुभयो । “अरूभन्दा यसमा बेग्लै अनुभूति भयो, अल्ट्रालाइट तलमाथि गरिहँदा अलिअलि डर र त्यही डरभित्रको अर्को आनन्दले मज्जा लाग्यो,   यतिबेला पोखराको मौसम निकै खुलेकाले पनि हिमशृङ्खला र फेवातालका दृश्यलाई निकै नजीकबाट अवलोकन गर्न पाइने उहाँको भनाइ छ । 

माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने तथा तालतलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको शहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेली एयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइटले मात्र उडान शुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित छ । 

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११०  नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा उद्योगमन्त्री विकास लम्सालले पोखरा साहसिक खेलको हब भएको बताउनुभयो । यसको प्रचारप्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेका सन्दर्भमा हाल विश्वव्यापी रुपमा देखिएको कोराेना भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको उहाँको भनाइ छ । 

“हामी विशेष योजनासहित नेपाल भ्रमण वर्ष २०२०  र गण्डकी प्रदेशको छिमेकी भ्रमण वर्षलाई भव्य बनाउने तयारीका साथ अघि बढेका थियौँ । अचानक कोभिड–१९ को प्रकोपबाट हामी सचेत बन्नुपर्ने अवस्थाले हाल पर्यटन प्रवद्र्धनात्मक गतिविधि रोकेका छौँ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने