२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

२०७७, ३० कार्तिक आईतवार १४:३२

कात्तिक ३०, कञ्चनपुर । बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको हो । ती स्थान गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेका छन  ।

गाउँपालिकाले वन मन्त्रालयसित समन्वय र सहकार्य गरी ती स्थानलाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र बनाउन डिपिआर बनाएर अघि बढाएको गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । “कालिकित ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन डिपिरआ बनाएर अघि बढेका छौ” उहाँले भन्नुभयो, “यसका लागि वन मन्त्रालयसंग समन्वय र सहकार्य गरी अघि बढेका छौ ।”उहाँका अनुसार कालिकित ताललाई पर्यटकीय स्थल बनाउन रु ३५ करोड ९० लाखको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । यसमा ताल वरिपरि बाटो सहित भ्यूटावर, प्रवेशद्वार लगायतका संरचना निर्माणका कार्य समावेश गरिएका छन ।

यसैगरी किसान मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विकासका लागि रु २५ करोडको लागत अनुमान गरिएको छ ।  दुबै क्षेत्रको डिपिआर बनाएर गाउँपालिका बजेट जुटाउन सम्बन्धित मन्त्रालयमा पहल अघि बढाएको अध्यक्ष थापाले बताउनुभयो । “संघीय, प्रदेश सरकार संग पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र सडकको व्यवस्थाका लागि बजेटको माग गरेका छौं” उहाँले भन्नुभयो, “गाँउपालिकाले समेत यसमा सहकार्य गर्ने गरी बजेट माग गरिएको छ ।”

कालिकिच ताललाई गत वर्ष प्रवेशद्वार शिलान्यास गरी निर्माण अघि बढाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि गत वर्ष भीमदत्त नगरपालिका १९ बागफाँटासम्म पुग्न बेल्डाडँडीमा प्रवेशद्वार बनाउन शुरु गरिएको थियो ।प्रवेशद्वार निर्माण भएपछि कालिकिताल घुम्न पर्यटक आाउने अपेक्षा गरिएको छ । अध्यक्ष थापाले कालिकित तालमा अजिङ्गर, चरा सहित विभिन्न थरीका माछाहरु पाइने बताए । बेल्डाँडी २ मा पर्ने यो ताल ५ किलोमिटर क्षेत्रमा फैलिएको छ ।हिउँदमा साइबेरियन चराहरु समेत आउने भएकाले चरा संरक्षणकर्मीहरु बर्सेनी कालिकिच ताल आउने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने