२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने

२०७७, २४ मंसिर बुधबार ०५:५९

मङ्सिर २४, खोटाङ । केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा) को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्धुम ट्रेललाई उपयोग गर्ने गाउँपालिकाले योजना बनाएको हो ।

गाउँपालिकाले जि–फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे (घरवास) लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ । विशेषगरी मुन्धुम ट्रेललाई पछ्याउँदै खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको बीचमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल साल्पापोखरी जोड्ने गरी पूर्वाधार विकासको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।

नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको रूपमा राखेको मुन्धुम ट्रेलको करिब ४८ किलोमिटर खण्ड केपिलासगढी गाउँपालिकाभित्र पर्दछ । मुन्धुम ट्रेल प्रयोग गरेर गाउँपालिकाबाट सहजरूपमा साल्पापोखरी पुग्ने र फर्कने वातावरण बनाउन आवश्यक पूर्वाधार विकास गर्न चालु आर्थिक वर्ष गाउँपालिकाले रु आठ लाख र जि–फाउण्डेशनले रु आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७५ मा तयार पारिएको मुन्धुम ट्रेलले चारवटै जिल्लाका चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतका पर्यटकीयस्थललाई जोडेको छ । मुन्धुम ट्रेल हुँदै भित्रिएका स्वदेश तथा विदेशका पर्यटकलाई गाउँपालिका भित्र्याउने तथा गाउँपालिकालाई साल्पापोखरीसँग जोड्ने लक्ष्यका साथ आवश्यक संरचना निर्माणको काम अघि बढाइएको हो ।

यसका लागि गाउँपालिका र जि–फाउण्डेशनको बजेटमा सुङ्देलमा गाउँबाट मुन्धुम ट्रेल जोड्ने दोर्खुदोभान–घुर्विसे पदमार्ग निर्माण र नचीदेखि जम्बुढुङ्गासम्मको करिब एक किलोमिटर पदमार्ग मर्मतको तयारी गरिएको छ । यस्तै प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट मुन्धुम ट्रेलको आसपासमा पर्ने सुङ्देलको निकासबाट जम्बुडाँडासम्मको पदमार्ग मर्मत, रावाधाप, धाप्लेदुन, रिमादुन, निकास, जम्बुढुङ्गाबाट सहदेउखर्क खानेपानी योजना सञ्चालन, जलजले–देउराली पदमार्ग मर्मत, रेवामुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण र रेवामुहान इलाका जरबुटा संरक्षणका काम गरिने जनाइएको छ ।

यस्तै फेदीको लौरेदेखि जुगेडाँडा बाटो मर्मत, बगरेभञ्ज्याङ होमस्टे निर्माण, बगरेभञ्ज्याङ खानेपानी तथा फलैँचा निर्माण, सातदोबाटो–छमुवाखोला मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माणको काम गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । मुन्धुम ट्रेलमार्फत पर्यटन विकास गर्ने सम्भाव्यता अध्ययन गर्न यही मङ्सिर १३ गते हिँडेको गाउँपालिका प्रमुख राईको टोली मङ्सिर १९ गते फर्केको थियो ।

मुन्धुम ट्रेलका माध्यमबाट पर्यटन विकासका लागि केपिलासगढी गाउँपालिकाले बहुवर्षीय योजनासमेत बनाएको छ । डाँडाकेभिरबाट सुङ्देलसम्म स्काइ डाइभिङ तथा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने, निकासबाट सुङ्देलसम्मका पदमार्गमा रेलिङ हाल्ने, सुङ्देलमा सांस्कृतिक झल्किने होमस्टे निर्माण गर्ने, लौरेडाँडाबाट सुङ्देलसम्म प्याराग्लाइडिङ र स्काइडाइभ तथा लौरेडाँडा–चिलिमढुङ्गाबाट फेदीसम्म केबुलकारको सम्भाव्यता अध्ययन गर्ने बहुवर्षीय योजनाको परिकल्पना गरिएको छ ।

यस्तै छमुवाखोला मुहानमा करिब तीन वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सिमसार क्षेत्र संरक्षण गर्ने, लौरेडाँडा–चिलिमढुङ्गा–ढालतरबार पदमार्ग निर्माण गर्ने, केपिलासगढीडाँडा पदमार्ग निर्माण गर्नेलगायतका बहुवर्षीय योजना सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनुभयो । यसका लागि बजेट तयार गर्ने र क्रमशः योजना अघि बढाइने उहाँको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने