साउन २०, नगरकोट । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ । 

गतवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, नगरकोट । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ । 

गतवर"/>

2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरकोटका होटल पुनःनिर्माण हुदै

साउन २०, नगरकोट । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ । 

गतवर्षको भूकम्पले नगरकोटका दर्जनभन्दा बढी होटल माटोमा मिलेका थिए । त्यस्तै दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको थियो । भूकम्पमा पूर्णरुपमा क्षति भएको ग्रिन भ्याली, भ्यू प्वाइन्ट, स्पेस माउन्टेन, स्नोम्यान, हिमालयन भिल्लाको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका पूर्वअध्यक्ष रामशङ्कर ध्वजूले भूकम्पमा क्षति पुगेका सम्पूर्ण होटलको पुनःनिर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले ती होटलहरु आगामी सेप्टेम्बरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित पुनःनिर्माण भइरहेको बताउनुभयो । 

उहाँका अनुसार भूकम्पले सामान्य क्षति पुगेका होटल मर्मतसम्भारपछि यसअघि नै सञ्चालनमा आइसकेका छन् । सामान्य क्षति पुगेका होटल सेरेन, ग्रिनल्यान्ड, ग्यालेक्सी, इलिफेन्ट हेड, शेर्पा कटेज, मधुवन, भँगेरी दरबार, नाल्दुम भिलेज रिसोर्ट, फार्म हाउस सञ्चालन आइसकेको उहाँले बताउनुभयो । 

भूकम्पले क्षति पु¥याएको नगरकोटकै सबैभन्दा ठूलो होटल क्लब हिमालयन पनि मर्मतपछि सञ्चालनमा आइसकेको छ । त्यस्तै होटल चौतारी, फोर्ड, रोज भिल्ला, होटल निभा निभा, सन राइज, होटल बेसो पनि सञ्चालनमा आइसकेका छन् । 

नगरकोटमा करिब चार दर्जन होटल रहेका छन् । जसमध्ये भूकम्पमा एक दर्जनमात्रै होटल बचेका थिए । नगरकोटका धेरैजसो होटल सञ्चालनमा आएपछि अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ । 

नगरकोटमा अहिले बाह्यभन्दा आन्तरिक पर्यटकको आगमन बढेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ । 

पछिल्लो समय काठमाडौँ उपत्यकामा गर्मी बढेकाले काठमाडौँ खाल्डोको गर्मी छल्न त्यहाँका बासिन्दा शुक्रबार र शनिबार नगरकोट आउने गरेका छन् । 

“यहाँका होटलमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चाप थेगिनसक्नु हुन्छ” – सञ्चालक लामिछानेले भन्नुभयो । 

शुक्रबार दिउँसो नगरकोट पुग्ने आन्तरिक पर्यटक शनिबार पूरै दिन घुमफिर गर्छन् । नगरकोट सूर्योदय र सूर्यास्तका लागि प्रख्यात छ । नगरकोटस्थित टावरबाट मौसम सफा भएका बेला हिमशृङ्खलासँगै काठमाडौँ उपत्यका, साँखु, मेलम्ची, पाँचखाल, बनेपालगायतको दृश्यावलोकन गर्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित