2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पर्यटनमन्त्री

चैत ८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन/निरीक्षण गर्नुभएको छ । अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि सहभागी हुनुहुन्थ्यो । 

पर्यटनमन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजोरी सुधारका लागि सात दिनको समय दिँदै पुनः अनुगमनमा आउने बताउनुभएको छ । मन्त्री ढकालले विमानस्थलको पुनःनिर्माणको काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मान्छे कति जिम्मेवार छन् भन्ने कुरा विमानस्थलको श्रम कार्यालय हेरेर देखिन्छ । सरसफाइमा त्यति जिम्मेवारी देखिएन । सुरक्षा जाँचको नजिकै पान खाएर थुकेको छ । विमानस्थल प्रमुखले पनि निरन्तर अनुगमन गरेर काम गराउनुपर्यो । कर्मचारीको काम सेवाग्राहीलाई सेवा दिने र मन जित्ने हो । राम्रो गर्नुस् ।”

पर्यटनमन्त्री ढकालले विमानस्थलको अवस्था भद्रगोल बनाएर भत्ता माग्न नआउन अनुरोध पनि गर्नुभयो । उहाँले नेपालको विमानस्थल हेरेर विदेशी विमानस्थलसँग तुलना गर्न मिल्ने बनाउन निर्देशन दिनुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल