2026-10-30 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन पुनरुत्थानको नीति तथा कार्यक्रम लागू गर्न व्यवसायीको माग

साउन २७, काठमाडौँ | पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम यथाशीघ्र लागू गर्न सरकारसमक्ष माग गरेका छन् ।

होटेल सङ्घ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिस्ट बस एसोसिएशन अफ नेपाललगायत १३ भन्दा बढी संस्थाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड महामारीले अत्यन्तै प्रभावित बनेको पर्यटन उद्योगलाई बचाउन विभिन्न नौबुँदे माग अघि सारेका हुन् ।

टानका अध्यक्ष खोमबहादुर सुवेदीले कोभिडका कारण सङ्कटपूर्ण अवस्था रहेको पर्यटन उद्योग र यसले निम्त्याएको अन्योलता र अनिश्चितताका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने, दक्ष जनशक्तिहरु पलायन हुने अवस्था आएको बताउँदै समयमै पर्यटन बचाउका लागि आवश्यक कदमहरु अघि नसारे पर्यटन पुनरुत्थान निकै जटिल बन्ने चिन्ता व्यक्त गर्नुभयो ।

व्यवसायीले  आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागू गर्दै देशभरि पर्यटकीय गन्तव्यहरुमा अग्रपङ्क्तिमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा सम्बन्धित क्षेत्रका कामदार, कर्मचारी एवम् सरोकारवालाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था महिनादिनभित्र उपलब्ध गराउन माग गरेका छन् ।

साथै सम्पूर्ण नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गर्न र सम्पूर्ण पर्यटकीय क्षेत्रहरु खुल्ला गर्न आग्रह गरिएको छ । कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्न तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरुमा पीसीआर टेष्टको व्यवस्था गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गर्ने, नेपालको सबै स्रोत बजारहरु (पर्यटक बस्ने देशहरू/शहरहरू) मा भिसा जारी गर्ने निकायहरु नरहेकाले पर्यटकहरुको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा (ई– भिजा) सेवा प्रणालीमार्फत सहजरुपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्न पनि व्यवसायीले माग गरेका छन् ।

त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालीम तथा अनुगमन संयन्त्रको व्यवस्था गरिनुपर्ने, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पर्यटन सम्बद्ध मुख्य छाता–सङ्गठनका अध्यक्षहरुमध्येबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी सम्बन्धमा तुरुन्तै जारी हुन लागेको इम्ब्रोस्ट नम्बर प्लेट पर्यटक सवारी साधनमा हाल भइरहेको हरियो प्लेट जस्तै छुट्टै किसिमको पहिचान हुने गरी व्यवस्था हुनुपर्ने तथा पर्यटक सवारीहरु सहज रुपमा मुलुकका विभिन्न प्रदेशमा विना रोकटोक थप आर्थिक भार विना झन्झटरहित आवागमन गर्न पाउनुपर्ने माग विज्ञप्तिमा उल्लेख छ । 

ट्रेकिङ, टुर, राफ्टिङलगायत अन्य साहसिक कम्पनिहरुको निम्नतम अधिकृत पूँजी २५ लाख बराबरको विना धितो शून्य प्रतिशत व्याज दरमा ऋणको व्यवस्था गर्ने । यस्तो ऋणको अधिकतम अवधि पाँच वर्ष कायम गर्ने तथा कोभिड–१९ का कारणले पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्ण रुपले छुट गर्नाका साथै आव २०७६÷७७ र २०७७/७८ को जरिवाना पूर्ण छुट गर्नुपर्ने पर्यटकीय यातायात व्यवसायीहरुका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने व्यसायीको माग छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ