२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आजदेखि केवलकार चढेर सराङकोटबाट‘सनराईज’ हेर्न सकिने

२०७८, १ चैत्र मंगलवार ०३:०५

चैत १, पोखरा । पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌आउनले भएकाे  छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएकाे हाे ।

सुर्योदय र सुर्यास्तको अवलोकन गर्न सकिने गरी सञ्चालनकाे तयारी थालिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । ‘सराङकोटको विशेषता भनेकै सुर्योदय हो । धेरै पर्यटकहरु सनराईज हेर्न बिहानै सराङकोट पुग्छन्,’ पौड्यालले भने, ‘पर्यटककै आग्रहमा हामीले सेवा बिस्तार गरेका हौं ।’

सेदीदेखि केवलकारमा चढेर १० मिनेटमा सराङकोट पुगिन्छ । प्रति गण्डोला ८ जना यात्रु बस्न मिल्ने गरी १७ गण्डोला जोडिएको छ । परियोजना २ अर्ब लागतमा निर्माण भएको हो । सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिएपनि कोभिड– १९ का कारण निर्माण समय र लगानी बढेको हो ।

केवलकार चढ्ने यात्रुले नेपाली भए ७ सय, सार्क राष्ट्रका पर्यटकले ८ सय र न्य मुलुकका नागरिकले ९ अमेरिकी डलर भाडा तिर्नुपर्छ । जेष्ठ नागरिक र अपांगता भएकाले ५० प्रतिशत र विद्यार्थीले २५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने