२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको रोजाइ बन्दै बागलुङको‘बेलढुङ्गा’

२०७९, ७ फाल्गुन आईतवार ०३:१०

फागुन ७, बागलुङ | बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ प-यो ।

हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ ।

बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताउनुभयो ।

यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउनुहुन्छ । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उहाँको भनाइ छ । पूर्वाधार निर्माण र प्रचार–प्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उहाँ बताउनुहुन्छ ।

“पाँच÷छ वर्ष अगाडिसम्म बेलढुङ्गा निकै सुनसान थियो, स्थानीयले यहाँ घाँस, दाउरा गर्ने गर्थे, म्याग्दी र बागलुङको सिमाना भएको हुँदा अलि–अलि मान्छे त आउँथे तर अहिलेको जस्तो थिएन”, सचिव श्रीसले भन्नुभयो, “बेलढुङ्गामा पर्यटक आउँदा होमस्टे पनि राम्रो चलेको छ, यहाँ खानेपानी, शौचालय व्यवस्थापन हुनसकेको छैन, त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो ।”

पछिल्लो समय बिदाको दिन विद्यार्थी, विभिन्न सङ्घसंस्था गाडी लिएर घुम्न तथा वनभोज खान आउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ ।

सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो निकै भइरल भएको हुँदा आफू पनि घुम्न आएको बागलुङको गलकोटका सुजन खत्रीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रैछ, हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजङ्गल, पशुपक्षी सबै देख्न पाइने यस्तो ठाउँ सायद दुर्लभ नै होलान्, हामीहरू सात जनाको टिम आएको मज्जाले रमाइलो भयो ।”

गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको रु दुई लाख ५९ हजारबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकलल्याण्डसमेत बनाइएको छ ।

काठेखोला गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले बेलढुङ्गा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेको जनाउँदै यसको प्रवद्र्धनका लागि गाउँपालिकाले योजना बनाएर लागेको बताउनुभयो । उहाँ अघिल्लो वर्षहरूमा यहाँ केही पूर्वाधार निर्माणका काम गरेको चर्चा गर्दै शौचालय, खानेपानी र यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बेलढुङ्गा काठेखोलाको शिर हो, गौरव हो, यस ठाउँमा अझै थुप्रै संरचना बनाउन बाँकी छ, पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ, अब संचरना बनाउने, प्रचार–प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्छौँ, पर्यटनमार्फत यहाँ समृद्ध हासिल गर्ने लक्ष्य छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय