२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबि गुरुङको ‘फूल जस्तै’ मिलियन क्लबमा प्रवेश गर्दै (भिडियो सहित)

२०७६, १२ जेष्ठ आईतवार ०३:४१

जेठ १२, काठमाडौँ | हिजोआज नेपाली लोक दोहोरी गीतलाई युटुवमा आम दर्शकको साथ मिलेको छ । यसै अवसरमा बिबि गुरुङको लोक दोहोरी गीत 'फूल जस्तै' ले पनि दर्शकको अपार साथ पाएको छ । 

निकै सुमधुर स्वर, राम्रो शब्द र भिडियोका कारण यो गीत चर्चाको शिखरमा छ । यो समाचार तयार पार्दासम्म 'फूल जस्तै' बोलको गीत युटुवमा 'मिलियन क्लब'को निकै नजिक छ । यो गीत बैशाख २३ गते युटुवमा सार्वजनिक भएको हो ।

युटुवमा १० लाख भिजिटर पुगेपछि प्राय गीतलाई सफल मान्ने गरिन्छ । आइतबार बिहानसम्म (२० दिनमा) यो गीतले ९ लाख ७५ हजार भ्यु पाई सकेको छ । १२ सय भन्दा बढीले गीतमा प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया निकै सकारात्मक छन् ।


गायक बलबहादुर गुरुङको प्रस्तुतीमा ‘फूल जस्तै’ गत महिना बैशाख २३ गते सार्वजनिक भएको हो । उक्त भिडियो बिबि गुरुङको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ भने गायक बल बहादुर गुरुङलाई ख्यातिप्राप्त गायिका विष्णु माझिको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ । 

मौसम हिमालीको निर्देशनमा निर्माण भएको भिडियोमा ख्यातिप्राप्त नायक श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । श्याम घिमिरे लामो बर्षपछि लोकगीतको भिडियोमा फर्किएका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिकले गरेका छन् । 

उत्कृष्ट कोरस प्रस्तुति सहित ठूलो लगानीमा बनेको यो गित करन चैसिरको छायांकनमा बनेको हो भने प्रविन भट्टले सम्पादन गरेका हुन् । लामो समय पछि ‘फूल जस्तै’मा नृत्य गरेर पुन: लोकगीतमा फर्किएका नृत्यकार श्याम घिमिरेले आफूले निकै राम्रो गीत भएकोले यो गीतमा आफूले अभिनय गरेको बताएका छन् ।  उनले भने -'लोक गीतको युग बदलिएछ, लोकगीतको भिडियो सुटिङ गर्दा ठूलो पर्दाको सिनेमामा सुटिङ गरेजस्तै अनुभव भएको बताए ।'

भिडियो सार्वजनिक कार्यक्रममा गायक बल बहादुर गुरुङले 'फूल जस्तै' बोलको गीतको भिडियो सार्वजनिक गर्दासम्म लगभग ६ लाख खर्च भएको बताएका थिए । उनले गीतले मागे जति कुरा दिने क्रममा ठूलो रकम खर्च भएको बताएका थिए ।  

हेर्नुस् 'फूल जस्तै' – भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात