प्रेम सुनार | गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्त"/>
2026-08-16 10:30 PM
अछाम - ACM

तुलसिंहलाई देविले भनिन्–‘ढंग भए रंग हुन्छ नाच्न

प्रेम सुनार | गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्तिले गायक तुलसिंह रनपछाईलाई   सोल्टा ढंग भए पो रंग हुन्छ नाच्न.. भन्दै जिस्कीदै थिईन् ।

तीज गीतको वोल नै–‘ ढंग भए पो रंग हुन्छ नाच्न , वारुले कम्मर मरक्कै भाँच्न….’  रहे छ र पो उनि जिस्कीएकी रहेछिन् ।  जसमा अभिनय गर्दै थिए चर्चित नृत्य निदेशक विजय थापा र ऋचा थापा । निकै रोमान्टीक दृश्य र नृत्यमा अभिनय गरिएको उक्त वोलको गीत आज देखि टेलिभिजनको पर्दामा देख्न पाईएको छ ।  

दुई दर्जन भन्दा बढि लोक तथा दोहरी गीत गाएर आफुलाई  पछिल्लो समयका चर्चित कलाकारहरुको  पंक्तीमा  उभ्याएका र सञ्चारकर्मीका रुपमा समेत यस जिल्लामा स्थापित कलाकार तुलसिंह रनपछाईले आज देखि उक्त वोलको  तीज गीत बजारमा ल्याएका हुन् ।

आज सर्वत्र वजारमा उक्त गीत उनले ल्याए पनि  हिजो रेसुङ्गा टेलिभिजनकाको प्रथम वार्षिकोत्सवको अवसरमा उनले  दर्शक श्रोता माझ पस्केर ताली बटुलेका थिए । गुल्मीकै सर्जक नेत्र अर्यालको शव्द तथा लय सिर्जना भएको गीतलाई  रनपछाई र  अर्की चर्चित गायिका देवि घर्तिको  सुमधुर स्वरले सजाईको  छ ।

गुल्मीकै हरि बस्नेतको प्रस्तुतीमा रहेको गीतलाई शिव दर्शन फिल्मसले  वजारमा ल्याएको छ ।  रत्यौली पाराको तीज गीतले विकृति ल्याई रहेको बेला तुलसिंहको यस गीतले मौलिकता समेट्न खोजेको छ ।  गत वर्ष ‘नाची देउ सानु छम्छम् …’ वोलको तीज गीत अहिले पनि चलिरहेको वेला यसपालीको ढंग भए पो रंग हुन्छ नाच्न …वोलको गीत पनि श्रोताले मन पराई दिने कुरामा आफु विश्वस्त रहेको रनपछाई बताउँ छन् ।

‘कति महान छौं….’ र ‘तिमी मेरी होईनौं सानु…. ’जस्ता दुई दर्जन भन्दा बढि वियोगान्त गीत गाएर श्रोतको मन जितेका गायक तथा सञ्चारकर्मी तुलसिंह रनपछाईले अव छिट्टै एकनारायण भण्डारीको लय सिर्जनामा अर्को वियोगान्त गीत    वजारमा ल्याउने तयारीमा रहेको बताए ।

उक्त गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट