२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नरेन्द्र मोदीको तेस्रो कार्यकालमा को को बन्दै छन् मन्त्री ?

२७ जेष्ठ २०८१, आईतवार ०८:०४

जेठ २७, काठमाडौँ । नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि शुरु भएको छ ।

भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि फोन आएको छ । जसमा चार पूर्व मुख्यमन्त्री राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामीको नाम समावेश छ। 

यी बाहेक मोदीको दोस्रो कार्यकालमा मन्त्री रहेका नितिन गडकरी, पियुष गोयल, ज्योतिरादित्य सिन्धिया र अर्जुन राम मेघवालले फेरि जिम्मेवारी पाउने पक्का रहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै एनडीए गठबन्धनको महत्वपूर्ण दल टीडीपी सांसद राममोहन नायडू पनि मन्त्री बन्ने बताइएको छ । ३६ वर्षीय राम मोहन भारतका सबैभन्दा कान्छो मन्त्री हुनेछन् । त्यस्तै एलजेपी (आर) बाट चिराग पासवान, जेडीयूबाट रामनाथ ठाकुर र ललन सिंह, हामका जीतनराम मांझी र अपना दल (एस)की अध्यक्ष अनुप्रिया पटेल पनि मन्त्री बन्न सक्ने रिपोर्टमा बताइएको छ ।

त्यस्तै मनोहर लाल बाहेक राव इन्दरजीत पनि मन्त्री बन्ने सूचीमा रहेका छन् । मन्त्रिपरिषद्मा यूपी, राजस्थान र गुजरातको हिस्सा घट्ने विश्वास गरिएको छ । 

नरेन्द्र मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनेछन् । यसअघि बिहान उनले महात्मा गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । 

सपथ ग्रहण गरेसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक जितेर प्रधानमन्त्री बनेका थिए । तर, नेहरू सरकारसँग तिनै पटक पूर्ण बहुमत रहेको थियो । मोदीको तेस्रो कार्यक्रल भने गठबन्धनको आधारमा चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ