एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । स"/>
2026-06-22 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१६ देखिनै तेश्रो विश्वयुद् सुरु हुने ! नास्त्रेदमसको भविष्यबाणी र पछिल्लो अवस्था

एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । सीरिया, टर्की र आईएसआईएसको त्रिकोणीय संघर्षमा फसेका पश्चिमी देशहरुले यही बर्षदेखिनै विश्वको तेश्रो तर सबैभन्दा खतरनाक महायुद्धको शुरूवात गर्ने सक्ने संकेत देखिएको जनाएका छन् ।

हिन्दु ज्योतिषहरुका अनुसार पनि वर्ष २०१६ मा राहुको सिंह राशिमा गुरु योग हुनु, मार्च महिनामा दुई ठूला ग्रहण, शनि र मंगल वृश्चिक राशिमा लामो समयसम्म रहनु आदिका कारणले एक ठूलो दुर्घटना वा युद्धको संकेत दीइरहेको बताईएको छ । यो युद्धको कारण मध्यपुर्बी तथा खाडी मुलुकहरु, यूरोप, अमेरीका तथा पश्चिमी एसियाली देशहरुलाई निकै नोक्सान हुने भनिएको छ ।

ज्योतिषहरुका अनुसार यो बर्ष २०१६ मा राहु-शनिसँग रहनु निकै घातक मानिएको छ । उल्लेख छ कि राहुलाई ज्योतिष बिज्ञानमा युद्ध, विद्रोह तथा धार्मिक बिखन्डनको कारण मान्ने गरिन्छ । यसैमा जब शनि पनि जोडिन्छ, तब पृथ्वीमा कुनैपनि ठूलो युद्धको खतरा हुने देखिन्छ ।

यसअघि पनि यस्तै अवस्थामा अर्थात राहु-शनिको मिलन हुँदा ह‌िरोशिमा-नागासाकीमा १९४५ मा परमाणु विस्फोट, १९५६ मा अरब-इजराइल युद्ध, १९९०-९१ मा खाडीमा युद्ध, २००३ मा अमेरिकाद्वारा इराकमा हमला भएको थियो । जसको कारण अन्तरराष्ट्रीय विश्व राजनीतिको दशा र दिशा नै बदलिदिएको थियो ।

यता पछिल्लो समय आतंकि संगठनको स्थापना पनि यसै योगमा भएको ज्योतिष बिज्ञ तथा भविष्यबाणीकर्ताहरुको दावी छ । आईएसआईएसको स्थापना ९ अप्रिल २०१३ मा सीरियाको अलेप्पो शहरमा भएको थियो । उक्त समय पनि शनि र राहुको योगगोचर तुला राशिमा चल्दै गरेको थियो । 

तेश्रो विश्वयुद्ध हुने हेक्का रुस र अमेरिकालाई पनि 

माथिको ज्योतिष योग र भविष्यबाणीलाई बल मिल्ने गरि रुसले विदेशमा रहेका आफ्ना आफन्त र बिदेशमा पढ्दै गरेका बच्चाहरुलाई स्वदेश फिर्ता गराउन अपिल समेत गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तेश्रो विश्वयुद्ध हुने आशंका रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले समेत गरेका छन् । रिपोर्टका अनुसार, एडमिनिस्ट्रेशन स्टाफ, रीजनल एडमिनिस्ट्रेटर्स, ल मेकर्स र पब्लिक कर्पोरेशनका कर्मचारियहरुलाई रुसले आदेश जारी गर्दै विदेशी स्कूलमा पढ्दैगरेका आफ्ना बच्चा र त्यहाँ रहेका आफ्ना आफन्तहरुलाई तुरुन्त फिर्ता बोलाउन आदेश गरिएको छ । 
यता अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्म्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको विदेश नीति सीरियामा तेश्रो विश्वयुद्ध शुरु गर्ने खालको रहेको बताएका छन् ।ट्रम्पले भनेका छन् कि अमेरिकाले सीरियाका राष्ट्रपति बशर अल-असदलाई सम्झाउनुको सट्टा इस्लामिक स्टेट (आईएस) लाई सखाप बनाउनुपर्नेमा ध्यान दिनुपर्छ । क्लिन्टनले सीरियामा नो फ्लाइङ जोनको प्रस्ताव राखेका थिए । 

यी पछिल्ला बिभिन्न घटनाले पनि तेश्रो बिश्वयुद्धको खतरा रहेको जनाएको छ । बिशेषगरि रुस र अमेरिकामा बिश्वयुद्धको बिषयमा निकै चासो व्यक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै