३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतले तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्दै

३१ जेष्ठ २०८१, बिहीबार ०६:५२

जेठ ३१, काठमाडौँ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् ।

द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन गर्न लागेको छ ।

भारतीय सेनाले चाँडै नै स्थानहरूको सूची सहित चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) को नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ । चीनले गत अप्रिलमा अरुणाचल प्रदेशका ३० ठाउँको नाम परिवर्तन गरेको थियो । चिनियाँ सरकारले यी क्षेत्रहरूलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । चीन को यो कारबाहीको जवाफ दिन भारत सरकारले यो निर्णय गरेको हो ।

भारतीय भाषामा पुराना नामहरूमा आधारित नाम परिवर्तन

तिब्बतका क्षेत्रहरूको नाम परिवर्तन गर्न धेरै अनुसन्धान गरिएको थियो । भारतीय भाषामा पुरानो नामको आधारमा यी ठाउँहरूको नयाँ नाम राखिएको छ । भारतीय सेनाको सूचना युद्ध डिभिजनलाई क्षेत्रहरूको नाम परिवर्तन गर्ने जिम्मा दिइएको थियो । यो त्यही डिभिजन हो जसले गहिरो अनुसन्धानपछि चीनले अघि सारेको अरुणाचल प्रदेशका नयाँ नामलाई पनि अस्वीकार गर्छ ।

जानकारी अनुसार तिब्बतको नयाँ नामको सूची छिट्टै सार्वजनिक गरिने छ । रिपोर्टमा भनिएको छ, पछिल्ला केही हप्तामा भारतीय सेनाले अरुणाचल प्रदेशका ती क्षेत्रहरूको पनि भ्रमण गरेको थियो जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ । 

अप्रिल १ मा चीनले अरुणाचल प्रदेशका ३० स्थानको नाम परिवर्तन गरेर आफ्नो हिस्सा घोषणा गरेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार यसमा ११ आवासीय क्षेत्र, १२ पहाड, ४ नदी, एउटा पोखरी र पहाडबाट निस्कने बाटो समावेश छ । यद्यपी यी ठाउँको नाम के हो भन्नेबारेमा केही जानकारी दिइएको छैन । यी नामहरू चिनियाँ, तिब्बती र रोमन भाषाहरूमा जारी गरिएका थिए ।

विगत ७ वर्षमा चीनले अरुणाचलका ठाउँहरूको नाम परिवर्तन गर्दा ४ पटक यस्तो भएको थियो। चीनले अप्रिल २०२३ मा आफ्नो नक्सामा अरुणाचलका ११ स्थानको नाम परिवर्तन गरेको थियो । यसअघि चीनले २०२१ मा १५ स्थान र २०१७ मा ६ स्थानको नाम परिवर्तन गरेको थियो।

अरुणाचलमा बढ्दो चिनियाँ हस्तक्षेप र यहाँका ठाउँहरूको नाम परिवर्तनमा भारतको अडान स्पष्ट छ । भारतले अरुणाचललाई आफ्नो हिस्सा मान्छ । 

अप्रिल २०२३ मा विदेश मन्त्रालयले भनेको थियो– हामीले यसअघि पनि चीनको यस्तो कार्यको रिपोर्ट पाएका छौं । हामी यी नयाँ नामहरूलाई ठाडै अस्वीकार गर्छौं । अरुणाचल प्रदेश भारतको हिस्सा थियो, छ र रहनेछ । यसरी नाम परिवर्तन गर्दा यथार्थ परिवर्तन हुदैन ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने