२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडीलाई भैँसी उपहार

२८ श्रावण २०८१, सोमबार ०९:२९

साउन २८, काठमाडौँ । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् ।

नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।


अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार र सम्मानका रुपमा लिइने बताए । उनले भैँसीलाई मुल्यवान र सम्मानित मानिने बताए। नवाजका चार छोरा र तीन छोरी छन्। छोरीमध्ये एकलाई अर्सदले विवाह गरेका छन् ।

अर्सद गाउँमै हुर्किएकाले भैँसी उपहार उनका लागि अझ अर्थपूर्ण भएको उल्लेख गरे । नदिम पन्जाबस्थित खानेवालमा आमाबुबा र दाजुभाईसहित बस्दै आएका छन् । नदिमका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का