२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नरेन्द्र मोदीलाई फोन गरेर युनुसले के भने ?

३२ श्रावण २०८१, शुक्रबार १२:०८

साउन ३२,  काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेशका काम चलाउ सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फोन गरेका छन् । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा युनुसले आफूलाई फोन गरेको बताएका थिए ।

बङ्गलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र मोदीबिचको भएको यो पहिलो वार्ता थियो । ‘मलाई मोहम्मद युनुसको फोन आएको थियो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान अवस्थाबारे कुरा गर्‍यौँ,’ मोदीले लेखेका छन् ।


‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण अनि प्रगतिशील बङ्गलादेशको लागि मैले भारतको समर्थन दोहोर्याएको छु । उनले पनि बङ्गलादेशमा हिन्दु अनि सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्’ मोदीको पोस्टमा लेखिएको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बङ्गलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी थिइन् । त्यहाँबाट भागेर उनी भारत आएकी थिइन् ।

अहिले बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । युनुस त्यहाँका प्रख्यात अर्थशास्त्री हुन् । उनलाई प्रतिष्ठित नोबेल पुरस्कार पनि दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का