२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

थाइल्याण्डमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री पाइतोङटार्न निर्वाचित

२०८१, १ भाद्र शनिबार ०५:४८

भदौ १, काठमाडौँ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१ औँ प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुका साथै यो पद सम्हाल्ने दोस्रो महिला पनि बनेकी छन् ।

यिङलक थाइल्याण्डको प्रधानमन्त्री हुने देशको पहिलो महिला थिइन् । उनी प्योटोङटार्नकी काकी हुन् । पाइतोङटार्न सिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । थाक्सिनका भिनाजु सोमचाई वोङ्सावत पनि सन् २००८ मा थाइल्याण्डको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।

थाक्सिन सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । थाक्सिन सिनावात्रालाई कूद्वारा सत्ताबाट हटाइएको थियो । 

पाइतोङटार्न सत्तारुढ दल 'फु थाई' की नेतृ हुन् । यद्यपि, पाइटोङटार्न अझै सांसद छैनन् । संसदमा सिनावात्राको पक्षमा ३१९ मत परेको थियो भने विपक्षमा १४५ मत परेको थियो । २७ सांसदले मतदान गरेनन् । सदनमा ४९३ सांसद छन् । पाइतोङटार्नलाई बहुमत प्राप्त गर्न २४८ मत आवश्यक थियो । शुक्रबार संसदमा ४८९ सांसद उपस्थित थिए ।

पाइतोङटार्न सिनावात्रा २०२३ देखि फेउ थाई पार्टीको अध्यक्ष छन् । उनी सन् २०२३ को अप्रिलमा भएको निर्वाचनमा पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार थिइन् । उनको नेतृत्वमा पार्टी चुनावमा दोस्रो स्थानमा रह्यो ।

अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।

पाइतोङटार्नका बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैन्य विद्रोह गरेर सत्ताबाट हटाइएको थियो । उनीमाथि भ्रष्टाचारका धेरै आरोप लगाइएको थियो । अदालतको फैसलापछि उनी निर्वासनमा गए । उनले देश छोडे । यसपछि थाक्सिनले आफ्नी बहिनी यिङलकलाई अगाडि राखे । उनी २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।

थाक्सिनले बहिनीको सहयोगमा देश बाहिर बसेर सरकार चलाएको आरोप लागेको थियो । सिङ्गापुरमा मन्त्रीहरुसँगको यस्तै एउटा भेटको रेकर्डिङ सार्वजनिक भएको थियो ।

यसमा थाक्सिनले आममाफी विधेयकबारे निर्देशन दिएको बताइएको छ । यो विधेयक पारित भएको भए थाक्सिन सफाइ पाएर सहजै स्वदेश फर्किन सक्थे । रेकर्डिङ भाइरल भएपछि थाई राजनीतिमा निकै हंगामा मच्चिएको थियो । यिङलकलाई अदालतले सन् २०१४ मा पदबाट हटाएको थियो । यिङलकमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

थाइल्याण्डमा २ दिनअघि मात्रै अदालतले श्रेष्ट थाविसिनलाई प्रधानमन्त्री पदबाट हटाएको थियो । उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो। अदालतले प्रधानमन्त्रीको यो कदम नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको थियो । प्रधानमन्त्री श्रेष्ट एक वर्ष मात्रै सत्तामा रहन सक्थे । उनी २२ अगस्त २०२३ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला