२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्पको सम्पत्ति कति छ ?

२ भाद्र २०८१, आईतवार ०६:३५

भदौ २, काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् । 

ट्रम्पले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग गल्फ कोर्सदेखि रियल इस्टेटका सम्पत्तिहरू रहेको देखिएको छ । जसमा एक मिलियन भन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी र साढे २ लाख डलर मूल्यको सुन रहेको छ । ट्रम्पले दुई सय भन्दा बढी पृष्ठहरूमा आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् । 

त्यस्तै ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व छ ।

 

त्यस्तै ट्रम्पको आफ्नै सोशल मिडिया प्लेटफर्म छ । यसलाई ट्रुथ सोसियल भनिन्छ, जुन गत मार्चमा सार्वजनिक भएको थियो । उनीसँग ११४ मिलियन भन्दा बढी शेयरहरू छन्, जसको प्रति शेयर मुल्य २३ डलर रहेको छ । अर्थात् हालको शेयर मूल्य दुई अर्ब डलरभन्दा बढी छ । यद्यपि, ट्रम्पले लकअप सम्झौताको कारण यी शेयरहरू बेच्न भने सक्दैनन् ।

त्यस्तै ट्रम्पले ग्रीनवुड बाइबलको बिक्रीबाट ३ लाख डलर, त्यस्तै लेटर्स टू ट्रम्प बेचेर ४.४ मिलियन डलर, ए मेगा जर्नी यात्राबाट ५ लाख डलर कमाएको उल्लेख छ । त्यस्तै उनले द आर्ट अफ द डिलसहित धेरै पुस्तकहरूबाट रोयल्टीहरू प्राप्त गर्न जारी राखेका छन् ।

त्यस्तै ट्रम्पको न्यू जर्सीमा बेडमिन्स्टर गल्फ कोर्सले ३७ मिलियन डलर कमाएको छ भने फ्लोरिडामा रहेको उनको जुपिटर गल्फ कोर्सले ३१ मिलियन कमाएको उल्लेख छ । स्कटल्याण्डमा रहेको उनको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ । त्यस्तै उनको फ्लोरिडामा प्रमुख रिसोर्ट मार-ए-लागोले ५६ मिलियन डलरभन्दा बढी कमाएको बताएका छन् ।

त्यसैगरी ट्रम्पले स्क्रिन एक्टर्स गिल्डबाट बार्षिक ९० हजार डलर पेन्सन प्राप्त गर्दन् भने एमएफटी र आईएनटीबाट लाइसेन्स शुल्कमा ७.१५ मिलियन कमाएको उल्लेख छ । त्यस्तै उनकी श्रीमती मेलानिया ट्रम्पले एनएफटी बेचेर ३ लाख ३० हजार डलर कमाएकी छिन् ।

यस बाहेक ट्रम्पले दुबईबाट ३० लाख डलर र ओमानबाट २० लाख डलर सहित विश्वभर लगानी गरेको उल्लेख छ ।

त्यस्तै ट्रम्पले आफ्नो विवरणमा ऋण रहेको समेत उल्लेख गरेका छन् । उनको जीन क्यारोललाई एक मिलियन देखि ५ मिलियन डलर र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयमा  ५० मिलियनभन्दा बढी ऋणी छन् । यी ऋणहरू कानुनी निर्णयहरू र व्यापार ठगी र यौन उत्पीडनका मुद्दाहरूसँग सम्बन्धित जारी अपीलहरूबाट उत्पन्न भएका ऋण रहेको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का