२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युद्धविरामको प्रायसमा अमेरिका, विदेशमन्त्री ब्लिकन इजरायल पुगे

३ भाद्र २०८१, सोमबार ०६:३८

भदौ ३, काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने मिडिया रिपोर्टमा बताइएको छ । साथै बन्धक रिहाइसम्बन्धी सम्झौताका विषयमा पनि छलफल हुनेछ ।

यस वार्ताको एउटा उद्देश्य इरान र इजरायलबीचको मध्यपूर्वमा बढ्दो तनाव कम गर्नु रहेको समेत उल्लेख गरिएको छ । यसअघि अगस्ट १५ र १६ मा दोहामा इजरायल, अमेरिका, कतार र इजिप्टका प्रतिनिधिबीच युद्धविरामका लागि वार्ता भएको थियो ।


हमास भने यस वार्तामा सहभागी भएन । वार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौताको धेरै नजिक पुगेको बताएका थिए । यद्यपि हमासले युद्धविराम सम्झौतामा नयाँ शर्तहरू समावेश गरेकोमा विरोध गरेको छ ।

युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता इजिप्टमा हुने भएको छ । यी वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्ट प्रस्थान गरेको थियो । युद्धविरामका लागि जारी सबै प्रयासका बीच इजरायलले गाजामा गरेको कारबाहीमा कुनै कमी आएको छैन।

आइतबार मात्र गाजामा इजरायली हमलामा २५ प्यालेस्टाइनीको मृत्यु भएको, जसमा एक महिला र उनका ६ बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।

अर्कोतर्फ इजरायलले लेबनानमा पनि आक्रमण गरिरहेको छ । आइतबार दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । यस आक्रमणमा अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

आक्रमणमा मारिएका सबै सिरियाली नागरिक थिए । हिजबुल्लाहले गरेको रकेट आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका छन् ।

गत महिना जुलाई ३१ मा इरानमा हमास प्रमुख हानियाहको मृत्यु भएपछि इजरायल र इरानबीच तनाव बढेको छ । हानिया इरानी राष्ट्रपति मसुद पजाकियानको सपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान गएका थिए ।

इरानले हनियाको मृत्युको लागि इजरायललाई दोष दिएको थियो। यसपछि इरानका सर्वोच्च नेता खामेनीले इजरायललाई हनियाको मृत्युको बदला लिन आग्रह गरेका थिए ।

अर्कोतर्फ अमेरिकाले इजरायलको सुरक्षाका लागि मध्यपूर्वमा युद्धपोत, विमान वाहक र पनडुब्बी तैनाथ गरेको छ ।

इजरायल र हमासबीच जारी युद्धमा मारिने प्यालेस्टाइनीको संख्या ४० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार अगस्ट १५ मा यो जानकारी दिएको हो। गाजामा इजरायली हमलामा हालसम्म ९० हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का