१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

२३ भाद्र २०८१, आईतवार ०५:४३

भदौ २३, काठमाडौँ ।  भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ ।

अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै  सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन् । भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले उनीहरूलाई घेराबन्दीमा राखेको बताउँछन् ।

भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर, शनिबार भेनेजुएला सरकारले ब्राजिलले अर्जेन्टिनाको दूतावासको मर्मत सम्भारको व्यवस्था पनि खारेज गरेको छ । 

भेनेजुएला निर्वाचन परिणाम शंकास्पद मानिने देशहरूको सूचीमा परेको छ । विपक्षी दलहरूले भनेका छन्, उनीहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर पश्चिमी देशहरूले उनलाई मान्यता दिन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का