2026-06-25 02:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय माओवादिको ढाड सेकिने संकेत

कात्तिक २९, काठमाडौँ | भारत सरकारले ५०० र १००० रुपौयाँको पुरानो नोट बन्द गरेपछि भारतका माओवादिहरुलाई गहिरो असर पर्ने देखिएको भारतीय पत्रकार आलोक प्रकाश पुतुलले बिबिसीमा लेखेका छन् । भारतको छत्तीसगढ पुलिसले दावी गर्ने अनुसार नोट्बंदीको कारण माओवादिहरुको ढाड सकिनेछ । 

भारतका माओवादीहरुको पुरै साम्राज्य लेवी वा असूली मार्फत चल्ने गरेको छ । 

छत्तीसगढका २७ मध्ये १६ जिल्ला पुरै माओवादीबाट प्रभावित छ । त्यस्तै बस्तरका ७ जिल्लाहरुमा झन् माओवादीलाई छुट्टै सरकार पनि मान्ने गरिन्छ । त्यस्तै त्यहाँका कयौं क्षेत्रमा माओवादिले समानान्तर सरकार पनि चलाएको छ । माओवादीले आफ्नो बल पुगेको क्षेत्रमा रहेका नेता तथा सरकारी अफिसरदेखि लिएर खनिज व्यापारी तथा अलग-अलग खालका ठेकेदारहरुसँग पैसा अशुल्ने गर्छ । यसै बर्ष मे महिनामा भारतको लोकसभाको एक रिपोर्ट अनुसार सरकारले दावी गरे अनुसार भारतभर माओवादीले १४० करोड रुपयेको लेवी अशुल्ने गरेको छ । तर छत्तीसगढ प्रहरीको दावी अनुसार भारतको बस्तरमा मात्रै माओवादीले १५०० करोड रुपयाँ अशुल्छ । 

माओवादी मामला विशेषज्ञ तथा भारतका वरिष्ठ पत्रकार रुचिर गर्गका अनुसार भारतका माओवादीहरुले लेवीको रुपमा अशुलेको पैसा जंगलमा सुरक्षित जमिन भित्र गाडेर राखेका छन् । जुन पैसा अब कागज सरह बन्ने भएपछि माओवादी आफै कमजोर हुँदै जाने विश्लेषण गरिएको छ । पत्रकार रुचिर गर्गले अब माओवादीलाई समस्या पर्ने भएकाले उनीहरुसंग सतर्क रहनुपर्ने धारणा राखेका छन् । उनको अनुसार आर्थिक संकटमा पर्ने भएकाले माओवादी कमजोर हुने वा उनीहरुसँग सतर्क रहनुपर्ने दुवै कुरा जरुरी छ । माओवादी आर्थिक रुपमा कमजोर हुँदा भारतीय सुरक्षाकर्मीको अगाडी माओवादीलाई तह लगाउने अवसर आएको छ भने आर्थिक संकटका कारण माओवादी चन्दा, आतंक र अशुलीमा निस्कने भएकाले नागरिकमा आतंक सिर्जना हुने समस्या समेत खडा भएको छ । संकट पछी माओवादीले दैनिक गुजाराको लागि आफ्नो क्षेत्रका मानिसहरुमा आफ्नो दवाबमा राख्ने संकट देखिएको छ भने माओवादीले आफु बलियो बनेको क्षेत्रका बैंक तथा एटिएमलाई निशाना बनाउन सक्ने संकेत छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा