चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिड"/>

2026-07-24 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनिया राष्ट्रपतिले ट्रम्पसँग भेटबार्ता गर्ने


चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा उनी फिनल्याण्ड प्रस्थान गरेका हुन । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सिले भ्रमण गर्न लागेकेा चीनको विदेश मन्त्रालयले यसअघि नै जनाएको थियो । राष्ट्रपति सिले अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम्म अमेरिकाको भ्रमण गर्ने तालिका रहेको छ ।

सिको भ्रमण टोलीमा उनकी श्रीमती फङ लियुआन, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य वाङ हुनिङ, उपप्रधानमन्त्री वाङ याङ, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य तथा केन्द्रीय सचिवालय सदस्य लि झान्सुलगायत रहेका छन् ।

पुटिनलाई पूर्णसाथ दिने ट्रम्पको घेाषणा 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट ‘पूर्णसाथ’ दिने घेाषणा गरेका छन् ।

रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिबद्धता व्यक्त गरेका हुन।राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गरेका छन्।

रुसले सोमबारको आक्रमण नाटकिय आतङ्क भएको बताएको छ । सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो। दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् ।

‘घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नोतर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछ,’ राष्ट्रपति ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई फोन गरेर दुःख व्यक्त गरेकेा उल्लेख गरिएको छ ।

दुबै राष्ट्रपति आतङ्ककारीलाई तत्काल नाश गर्न सहमत भएको पनि विज्ञप्तीमा लेखिएको छ।कतिपय विषयमा आरोपप्रत्यारोप भई सम्वन्ध विग्रिरहेका बेला दुबै राष्ट्रपतिले आतङ्ककारीहरु विरुद्ध लड्ने अठोट व्यक्त गरेका हुन ।

रुसी राष्ट्रपति पुटिनले सोमबार साँझ नै घटनास्थलको भ्रमण गरी मृतकहरु प्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । रासस/सिन्ह्वा/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक