2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबारे मुख खोले !

June 10, 2017


जेठ २७, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन् ।

ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए । उनले भने, "हामीले एउटा निर्णय गर्नैपर्ने भयो । के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश्यक बाटो ? आतंकवादलाई सहयोग बन्द हुनै पर्छ ।"

उनले सो क्षेत्रका अन्य मुलुकहरुलाई पनि घृणा फैलाउने काम रोक्न, आतंकवादलाई प्रश्रय दिने धारणा बन्द गर्न र ती काम छिट्टो गर्न आह्वान गरेको बिबिसीले उल्लेख गरेको छ । तर बिहीबार कतारका विदेशमन्त्री शेख मोहम्मदले आफ्नो देश सफल र प्रगतिशील भएका कारण एक्ल्याइएको बताए । उनले भने-, "हामी आत्मसमर्पण गर्न तयार छैनौं । हाम्रो विदेश नीतिको स्वतन्त्रता आत्मसमर्पण गर्न हामी कहिल्यै तयार हुने छैनौं ।"  

यस्तै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कतारविरुद्धको नाकाबन्दी खुकुलो पार्न साउदी अरेबिया तथा अन्य खाडी देशलाई आग्रह गरेको केही बेरपछि राष्ट्रपति ट्रम्पको उक्त भनाई आएको हो । आफूलाई अलग पार्ने काम बन्द भएको हेर्न चाहन्छ भने कतारले गाजा क्षेत्रमा प्यालेष्टाइनी इस्लामवादी समूह हमास, अनि इजिप्टमा मुस्लिम ब्रदरहुडसंग, सम्बन्धविच्छेद गर्नुपर्ने साउदी अरेबियाले जनाएको छ । 

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध गएको सोमबारदेखि तोडेका छन् । यस्तै यमन, मलेसिया तथा लिबियाले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारले इस्लामिक आतंकाकारी तथा अतिवादीलाई साथ तथा सहयोग गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक