2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा पहिले भन्दा सस्तोमा टर्कीको दूध र दही, के भन्छन नेपालीहरु ?

जेठ २७, काठमाडौँ | कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति हुन थालेपछि कतारमा पहिले भन्दा सस्तोमा  दूध, मोही र दही पाउन थालिएको छ । 

यस अघि साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा हुन थालेपछि कतारीहरुमा उत्साह थपिएको छ । बजारमा चाहिएजति मात्रामा साग/सब्जी/आलु टमाटर तथा आवश्यक खाद्यान्न पाउन थालिएको छ ।

साउदी अरवसँग दूध, मोही र दहीमा भर परेको कतारमा टर्कीको दूध-दही आवश्यक मात्रामा आउन थालेपछि नेपालीहरुमा समेत उत्साह थपिएको छ ।

कतारका बजारमा दूध प्रतिलिटर ५ रियालमा पाउने ब्यवस्था मिलाएको छ । यस अघि कतारमा सबैभन्दा बढी परिणाममा आउने अल्मराई कम्पनीको दुध देखिन छाडेको छ भने नयाँ ब्राण्डका दुध/दहि आउन थालेको कतारबाट धर्मराज कोइरालाले जानकारी दिएका छन ।

सुपरमार्केटहरुमा दूधको कुनै अभाव छैन । वजारमा नयाँ नयाँ ब्रान्डका खाद्यान्यहरु समेत आउन थालेका छन् । टर्कीबाट दुध,दही,लबन लगायतका अन्य दुधजन्य पदार्थ बिहीबार बेलुका नै कतार भित्रीएको थियो र शुक्रबार बिहान देखि सम्पुर्ण मार्केटहरुमा उपलब्ध रहेका छन्।

कतारमा खाद्यान्न अभाव हुन नदिन बिभिन्न कसरत गरिएको छ । कतार एएरवेजमा समेत खाध्य पदार्थ आपूर्ति भएको छ भने लेबनान,अल्जेरिया र टर्कीबाट खाधान्न सामानहरु भित्रिदैछन् I

साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा ‘आत्मसमर्पण’ नगर्ने बताउँदै आएको छ ।


कतारबाट के भन्छन् नेपालीहरु ?  

हामीले कतारमा नाकाबन्दीको समस्याबारे केहि नेपालीहरुमार्फत जानकारी लिने कोसिस गरेका छौं । जसमध्य अधिकांश नेपालीहरुले कतारमा कुनै समस्या नरहेको बताएका छन् । 

कतारबाट अरुण घलेले बताए अनुसार कतारमा नेपाली अनलाइन मिडियामा आएजस्तो तनावपूर्ण स्थिति छैन । स्थिति सामान्य छ । उनले बिभिन्न अनलाइन मिडियालाई इंगित गर्दै भनेका छन् – 'म अनुरोध गर्दछु, नेपाली मिडियाले लेखेजस्तो समस्या यहाँ छैन, म आग्रह गर्न चाहन्छु गलत समाचार पोष्ट नगरौं ।' 

त्यस्तै साकिर हुसैनले हामीलाई दिएको जानकारी अनुसार कतारमा टर्की र इरानको सपोर्ट भएको हुँदा खानको कुनै समस्या छैन । उनले भनेका छन् 'हामीलाई कुनै समस्या छैन । सामानको ब्राण्ड मात्र परिवर्तन भएको छ ।

त्यस्तै सुवास भट्टराईले भनेका छन् – 'अनलाइनहरुले फेक समाचार दिएर लाखौँ नेपालीहरुको परिवारलाई अत्ताउने काम गराएका छन्, कतारमा कुनै समस्या छैन । 

त्यस्तै कतारबाटै स्यांग्जाका अमिर आलेले नेपाललाई व्यंग्य गर्दै भनेका छन् 'कतारमा समस्या छैन । यहाँ नेपालमा जस्तो कालोबजारी हुँदैन, यहाँ जति अभाव भएपनि फिक्स रेट हुन्छ, बजार गयो ल्यायो ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत