१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प प्रसाशनद्वारा अमेरिकामा कार आयात गर्दा २५ प्रतिशत कर लगाउने घोषणा

१४ चैत्र २०८१, बिहीबार ०८:०८

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । अमेरिकामा यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन् । ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन् ।

विश्लेषकले भने तत्काल यो निर्णय कार्यान्वयन हुँदा कार व्यवसायमा प्रतिकुल प्रभाव पार्नसक्ने बताएका छन् । उनीहरुले निकटस्थ देशसँगको सम्बन्धमा पनि यसले असर गर्न सक्ने बताएका छन् ।

अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो । साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो। मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। ट्रम्पले अहिले लिएको बाटो यथावतै रहने समेत उनले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ। मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ।

अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गरेको बेलायतले गत वर्ष अमेरिकामा एक लाख १६ हजार १९४ जागउर ल्यान्ड रोभर कार अमेरिका भित्रिएको थियो।

बेलायत सरकारले यो निर्णय लागु हुनु भन्दा अघि नै वार्ताको टेबलमा बस्न सकिने प्रतिक्रिया दिएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफ्नो देशको कार उद्योगमा सिधै आक्रमण भएको प्रतिक्रिया दिएका छन्।
युरोपेली कमिसनका प्रमुख उरुस्ला भान डियोर लेयनले कुनै प्रतिक्रिया जनाउन पूर्व छलफल गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव