साउन २५, चीन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ । 

यो समाचार तयार पार्दा सम्म कम्तीमा १९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, चीन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ । 

यो समाचार तयार पार्दा सम्म कम्तीमा १९ "/>

2026-06-25 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा भूकम्प: मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते

2017-08-10


साउन २५, चीन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ । 

यो समाचार तयार पार्दा सम्म कम्तीमा १९ जनाको मृत्यु भएको र अरु २४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते मध्ये ४० जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा उल्लेख छ । 

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अधिकारीहरुले बुधबार बताएका छन् । 

स्थानीय समयानुसार मङ्गलबार साँझ ९ः१९ बजे आएको भूकम्पको केन्द्रविन्दु जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको भूकम्प सम्वन्धी चिनिया निकायले जनाइएको छ । 

गए रातिदेखि २४ घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ । 

यस भूकम्पबाट भएको मानवीय र तथा भौतिक क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । यसअघि आएको ७.० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समायानुसार बुधबार विहान ९: ३० सम्म दुई विदेशीसहित १७७ व्यक्ति घाइते भएका छन् । 

घाइते भएका विदेशीहरुमा एक फ्रान्सेली पुरुष र अर्का एक क्यानाडाली महिला रहेका छन । फ्रान्सेली पुरुषको दुइवटा नै खुट्टा भाँचिएको र अर्का क्यानाडाली महिलाको भने टाउकोमा सामान्य रुपमा चोट लागेको समाचारमा जनाइएको छ । 

घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ । सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ । सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

चिनियाँ नेताहरुले पुरिएकाहरुलाई बाहिर निकाल्न र उद्धार तथा राहतमा लाग्न सवैलाई आह्वान गरेका छन् । स्थलमार्ग तथा हवाई मार्ग मार्फत् सेनाले उद्धार कार्य जारी राखेको प्रान्तीय सरकारले जनाएको छ । 

सरकारी अधिकारीहरुका अनुसार १२ सय ८५ जना सैनिक, ९० ओटा सवारी साधन र ९ ओटा विमान उद्धार तथा राहतका लागि खटिएका छन् । 

घाइते भएर अस्पताल लगिएका मध्ये केही सामान्य घाइतेहरु प्राथमिक उपचार पछि आफ्नो घर फर्किएका छन् । उद्धारकर्ताहरुले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरेका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ