भदौ १३, काठमाडौं । उत्तर कोरियाले मंगलबार बिहान पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौं । उत्तर कोरियाले मंगलबार बिहान पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।"/>
2026-06-24 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले हानेको क्षेप्यास्त्र जापान काटेर समुद्रमा खस्यो, जापानमा आतंक !

भदौ १३, काठमाडौं । उत्तर कोरियाले मंगलबार बिहान पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको छ । उसको आकाशमा यसरी उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना हो । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ ।

जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो । यद्यपि त्यसले क्षति पुर्‍याए-नपुर्‍याएकोबारे केही खुलेको छैन ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

जापानी नागरिक आतंकित

सरकारले सुरक्षित रहन भन्दै सूचना जारी गरेपछि जापान बस्दै आएकाहरु आतंकित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई सूचना शेयर गरिरहेका छन् ।

जापान बस्दै आएका नेपाली विद्यार्थी शिशिर शर्माले आफ्नो फेसबुकमा पेजमा लेखेका छन्, ‘हामी जस्ता विदेशी लगायत सम्पूर्ण जापानी जनतालाई सुरक्षित रहन भन्दै भर्खरै मोबाइलामा इमर्जेन्सी अलर्ट आएको छ । उत्तर कोरियाको आणविक मिसाइल जापानी उत्तरी सीमा क्षेत्रमा खसेको छ ।’


जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आए पनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् ।

तनाव बढ्ने अनुमान

उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको बीबीसीले लेखेको छ ।

मंगलबार बिहान परीक्षण गरिएको उत्तर कोरियाको मिसाइललाई ध्वस्त पार्न जापान सरकारबाट कुनै प्रयास समेत नभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले यसअघि अमेरिकाको गुआम टापुमा आक्रमणको धम्की दिएको थियो । गुआम दक्षिण पूर्वी जापानबाट २ हजार किलोमिटरको दूरीमा पर्दछ ।

बीबीसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक