2026-06-25 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाको आकासमा अमेरिका र जापानबाट बमबर्षक बिमान पुगे, भिडन्त हुनसक्ने

साउन ८, सोल | उत्तर कोरियाको आकासमा अमेरिकी बमवर्षक विमान पुगेपछि त्यसको चर्चा विश्वभरि चुलिएको छ । उत्तर कोरियाको पूर्वी तटको अन्तर्राष्ट्रिय हवाई आकासमाथि अमेरिकी जहाजहरु पुगेको पहिलो पटक हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएको एक साता नबित्दै  B-1B नामक बमबर्षक तथा F-15C युद्व बिमान  शनिबार उत्तरको आकाश नजिक उडेका छन् ।

यता अमेरिकी सैनिक अधिकारीहरुले भने बमबर्षक तथा युद्व बिमानले हाललाई उत्तर कोरियाको पूर्वी सीमा नजिक शक्ति प्रदर्शन मात्र गरिरहेको प्रतिक्रिया दिएका छन् ।


प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव थप चुलिएको छ । संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाति लक्ष्य लिएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोन उनलाई रकेट आत्मघाती लक्ष्य तिर उन्मुख भएको रकेट म्यानको संज्ञा दिएका थिए । 

उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केहीअघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो । पेन्टागनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य हो । सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।’

बमवर्षक र युद्व विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए । कोरियाली प्रायद्विपमा तनाब चुलिदै गइरहेको अवस्थामा अमेरिकाको यो कदमले थप भिडन्त हुनसक्ने अनुमान गरिएको छ । साथै कोरियामा खतराका संकेत देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ