2026-07-25 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या: सम्पादक

मंसिर ९, भारत । भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । 

ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । 

यहाँको एक दैनिक पत्रिकाका एकजना वरिष्ठ समाचारदाता ४८ वर्षीय सुदिप दत्त भौमिकको हत्या गरिनुको पछाडि उनले ती सैन्य अधिकारीले गरेको भ्रष्टाचारको समाचार लेख्नु मुख्य कारण रहेको त्यस पत्रिकाका सम्पादकले भनेका छन् । 

भारतीय पत्रिका सिन्दन दैनिकका सम्पादकले सो कुरा शुक्रबार सार्वजनिक गरेका हुन् । उक्त बङ्गाली भाषाको पत्रिकाले ती सैनिक अधिकारीले सो कार्यालयमा गरेको भ्रष्टाचारसम्बन्धी समाचार छापेका थिए । 

त्यस दिन पनि उनी त्यसैसम्बन्धी थप समाचार लिनका लागि त्रिपुरास्थित त्यस कार्यालयमा पुगेका थिए । त्यसै समयमा उनको हत्या भएको हो । त्रिपुरा राज्यको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला कार्यालयका अर्धसैन्य बलका प्रमुख अधिकारी सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्ने आदेश दिएका पछि खुलेको थियो । पत्रिकाका सम्पादक एवम् प्रकाशक सुबल कुमा देइले भने, भौमिकले गरेको खोजीका आधारमा हामीले पत्रिकामा समाचार छापेका थियौँ र त्यस दिन पनि उनैले बोलाएर त्यस समाचारका लागि गएका थिए । समाचार लेखेका आधारमा उनको हत्या भएको हो, यसबाहेक अर्को कुनै कारण छैन, उनले भने । 

ती पत्रकारको हत्या मंगलबार भएको हो । उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको हो । हाल ती अधिकारी प्रहरी थुनामै छन् । 

सम्पादक सुबल कुमारले त्यस प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति मात्र नभएर समय लिएर नै त्यस कार्यालयमा पुगेको बताएका छन् । तर पछि उनको हत्या भयो भन्ने सुनेपछि हामी आश्चर्यमा परेका थियौँ, उनले भने । ती अधिकारीले भौमिकलाई त्यहाँ बोलाएर आफ्ना अङ्गरक्षकलाई गोली हान्न लगाएको पछि पत्ता लागेको हो । यस विषयमा ती अधिकारीको भने कुनै प्रतिक्रिया आएको छैन । 

भारतमा दुई महिनामात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो । त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो । भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक