२०० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समय"/>

2026-07-24 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्षपछि उही दिन, उही तीव्रताको शक्तिशाली भूकम्प: कयौं हताहत

माघ २४, काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

२०० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेट जाँदा टापुको पूर्वीतटदेखि करिब २० किलोमिटर पर ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो ।

आपत्‍कालीन उद्धारकर्ताहरूले ख्वालिएन शहरमा आंशिक रूपमा ढलेका होटल र आवासीय भवनहरूबाट करिब १५० जनाको उद्धार गरेका छन् ।

ढल्किएका भवनहरू, छरपस्ट भग्नावशेषहरू र सडकहरूमा व्यापक क्षति पुगेको तस्वीरहरूमा देखिन्छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नराम्ररी क्षति पुग्नेमा एउटा अस्पताल भवन पनि रहेको छ ।

भूकम्पपछि करिब ४० हजार घरमा पानी आपूर्ति बन्द भएको छ भने राजमार्ग तथा पुलहरू बन्द भएका छन् । भूकम्पले १० तले मार्शल होटलको जमिन सतहमुनिको र भुईँतला वजन थेग्न नसकी थचारिन पुग्यो ।

होटलका एकजना कर्मचारीको उद्धार गरिएको छ । तर अन्य दुईजना अझै भवनभित्र फसेको ठानिएको छ । अधिकारीहरूका अनुसार आवासीय घरमा अरू दुईजना फसेको ठानिएको छ । आपत्‍कालीन उद्धारका लागि सेनाको सहयोग मागिएको छ ।

ख्वालिएन शहरमा करिब एक लाख मानिस बस्छन् र त्यो एउटा लोकप्रिय पर्यटकीय गन्तव्य हो ।

अनौठो संयोग, दुई वर्षपछिको भूकम्प उही दिन, उही तीव्रता

मंगलबार आएको भूकम्पभन्दा ठीक दुई वर्ष अघि ६ फेब्रुअरीमा पनि ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसमा ११७ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको केन्द्र ताइवानको दक्षिणी शहर ताइनान थियो । त्यतिबेला गोल्डन ड्रागन अपार्टमेन्ट भत्किएको थियो । १७ तले यो अपार्टमेन्टमा २५६ फ्लाट बनाइएको थियो ।

ताइवानमा तीन दिनको अवधिमा यो दोस्रो पटक भूकम्प गएको हो । आइतबार ताइवानमै ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ताइवान दुई टेक्टानिक प्लेटोको बीचमा रहेकाले यहाँ भूकम्प आइरहने भूगर्भविदहरु बताउँछन् ।

ताइवानको राजधानी ताइपेह हो । यो देशको वित्तिय केन्द्र पनि हो र यो शहर देशको उत्तरी भागमा पर्दछ । यसको आधिकारिक नाम भने ‘रिपब्लिक अफ चाइना’ हो । ताइवान चीनको समुद्री सीमाबाट मात्र एक सय मिल टाढा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक