2026-07-25 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेचिएकी महिलाको पीडा– ‘छोराले बलात्कार गरिरहँदा बुवाले उसलाई फिल्म देखाइरहे’

‘म असी हजार रुपैयाँमा बेचिए

‘मलाई डेढ लाख रुपैयामा बेचे’

‘मलाई पाँच लाख रुपैयाँमा बेचिएको थियो’ 

यो कुनै उत्पादनको दाम होइन । यो ती युवतीहरुको वास्तविकता हो जो दलालका कारण देह व्यपारमा बेचिएका छन् । भारत आन्ध्र प्रदेशकी रायलसीमा क्षेत्रको अनन्तपुर र कुडप्पा जिल्ला सुख्खाका कारण नराम्ररी प्रभावित भएको छ । 

यस जिल्लाबाट युवतीहरु दिल्ली, मुम्बइ तथा पुणे जस्ता शहरका लागि तस्करी भइरहेका छन् । बीबीसीले अनन्तपुर जिल्लाका तीन महिलासँग कुराकानी गरेको छ जो शरीर बेच्नुपर्ने धन्धाबाट स्वतन्त्र भएका छन् । 

यी युवतीहरु लामो समयदेखि शारीरिक तथा भावनात्मक पीडा झेलेर बसेका थिए । रमा देवीलाई दलालले महाराष्ट्रमा ८० हजारमा बेचेका थिए । त्यहाँ आउने ग्राहकलाई खुसी पार्नु उनको काम थियो । उनलाई ग्रहकसँग घिनौना काम गर्नुपर्ने हुन्थ्यो । 

विद्रोही स्वभावका उनको घरमा ६ वर्षको छोरीसमेत थिइन् । एकजना चिनेको महिलासँग सिनेमा हेर्न गएकी उनी विउझिदा महाराष्ट्रमा थिइन् । पछि उनी त्यहाँबाट निस्कन सफल भइन् । 

पार्वती

पार्वतीका दुई बच्च छन् । घर चलाउन आर्थिक समस्या परेपछि उनी साउदी अरब गइन् । तर दलाले उनलाई रोजगारी दिने भन्दै पठाएका थिए तर उनी बेचिएकी रहिछिन् ।  

साउदी अरबको एक घरमा उनलाई राखिएको थियो । त्यस घरमा कयौं पुरुष हुन्थे । एक ९० वर्षको व्यक्तिले आफ्नो बलात्कार गर्न खोजेको उनले बताइन् । त्यसको चंगुलबाट आफू जसरी तसरी निस्किएको उनले बताइन् । 

अर्को दिन घरका मालिकका छोराले उनको बलात्कार गरेको थियो । आफ्नो छोराजस्तै उमेरको मालिकको छोरासँग सुत्न उनका परिवारले बाध्य पारेका थिए । नमाने शरीरमा चुरोटहरु झोस्थे । 

आफ्नो छोरा सरहको केटासँग सुत्न परेको थियो पार्वतीलार्इ । उसले अाफूलार्इ बलात्कार गर्दा उसको वुवा मोबाइलमा पोर्न भिडियो देखाइरहेको हुन्थ्यो । 

एक हप्तासम्म उनीहरुले आफूलाई खान नदिएको उनले बताइन् । अत्याचार सहन नसकि उनले आत्महत्या गर्ने सोच बनाए पनि सफल नभएको बताइन् । अन्तिममा आफू प्रहरीको डर देखाएर भाग्न सफल भएको उनले बताइन् । -बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक