2026-07-25 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मस्कोबाट रसियातर्फ उडेको विमान दुर्घटनाग्रस्त, यात्रु जिवित भेटाउनसक्ने सम्भावना कम

माघ २८, मस्को, रसिया | मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । 

विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रु जीवित रहेनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ । 

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो । 

विमान दुर्घटनास्थलमा रसियाली अधिकारी पुगिनसकेको तर विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । विमान चालक दलका सदस्य तथा यात्रुलाई जिवित भेटाउनसक्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । 

इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ । यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ । 

रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारणलगायतका केही अन्य कारणले भएको हुनसक्ने देखिएको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ । 

रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ उडिसक्नुभएको छ । – (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक