2026-06-25 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने

फागुन ४, दोहा (रासस/सिन्ह्वा) | कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । 

सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ ।

सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा जनाइएको छ । 

कुवेतको प्रस्तावमा र आयोजनामा यसैहप्ता कतारमा अन्तर्राष्ट्रिय दाता सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनका क्रममा कतार रेडक्रस सोसाइटीले यस्तो घोषणा गरेको हो । 

सम्मेलन सकिएको दिन बिहीबार इराकले विभिन्न देशहरुबाट झण्डै तीस अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता प्राप्त गरेको थियो । 

सहयोग प्रतिबद्धता गर्नेमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र विभिन्न दाता राष्ट्र तथा संस्थाहरु पनि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ