2026-06-25 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

फागुन ४, मेक्सीको सिटी | मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ । 

स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका समाचारमा जनाइएको छ । 

दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डे मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले लेखेको छ । 

नगर प्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ । 

त्यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो । त्यस ‘डान्स पाटी’ मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन । 

परम्परागत रुपमा खेतीपातीमा संलग्न हुदै आएका सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ । 

उक्त क्षेत्रमा उनीहरुको करिब तीन हजार तीन सयको संख्यामा घर परिवार रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ