2026-06-25 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोनी कपूरलाई दुबई प्रहरीले सोध्यो ९ प्रश्न, कोठा नम्बर २२०१ को दृश्य पुन: खिचिन सक्ने

फागुन १६, काठमाडौँ | श्रीदेवीको मृत्युको खबर अझै पनि रहश्यमयी नै छ । पीएम रिपोर्टपछी खुलासा भएको छ कि मृत्यु कार्डिएक अरेस्टबाट नभएर बाथटबमा डुबेर भएको थियो । उनको रगतमा अल्कोहलको मात्रा पनि देखिएको थियो । रिपोर्ट आएपछि दुबई प्रहरीले मुद्धा पब्लिक प्रसिक्यूटरलाई जिम्मा दिएको थियो । मृत्युको रहश्य समाधान गर्नको लागि श्रीदेवीको श्रीमान बोनी कपूर सहित होटलका स्टाफहरुलाई प्रहरीले बयान लिएको थियो । तल हेर्न सक्नुहुनेछ, प्रहरीले कस्ता प्रश्नहरु राखेको थियो ? 

मीडिया रिपोर्ट्सलाई आधार मान्ने हो भने पब्लिक प्रसिक्यूटरले बोनी कपूरलाई साढे तीन घण्टा बयान लिएको थियो, जसमा बिभिन्न कोणबाट प्रश्नहरु गरिएको थियो ।

प्रश्न १ – तपाइँले श्रीदेवीसँग भेटेर के कुरा गर्नुभयो ? 

प्रश्न २ – जब श्रीदेवी बाथरूमबाट बाहिर निक्लिनन् तब तपाईलाई के आशंका भयो ? 

प्रश्न ३ – बाथरूमबाट निक्लन ढिला भएपछी तपाइले के गर्नुभयो ? 

प्रश्न ४ – तपाइले होटलको बाथरुममा के देख्नुभयो ? 

प्रश्न ५ – श्रीदेवीलाइ बेहोश देखेपछी तपाइले के गर्नुभयो ? 

प्रश्न ६ – होटलको मेडिकल टीमलाई कसले सम्पर्क गर्यो ? 

प्रश्न ७ – तपाइले सबैभन्दा अगाडी कसलाई सम्पर्क गर्नुभयो ?

प्रश्न ८ – होटलको मेडिकल टीममा को-को थिए ?

प्रश्न ९ – प्रहरीलाई कसले फोन गरेर मृत्युको खबर दियो ? 

मीडिया रिपोर्ट्स अनुसार बोनी कपूरको अलावा तीन अरु व्यक्तिको बयान लिईएको थियो जो श्रीदेवीलाई अस्पताल लगिएको समय बोनी कपूरसँगै थिए । प्रहरीले २ डाक्टर र ५ अटेन्डेटको पनि बयान लिएको थियो । श्रीदेवीको कल डिटेल्स पनि अनुसन्धामा छ ।

श्रीदेवी दुबईको जुमेरा इमारत टावर्स होटलको कोठा नम्बर 2201 मा बसेकी थिइन् । त्यसै कोठाको वासरूममा उनि बेहोस भेटिएकी थिइन् । अब अड्कल काटिएको छ कि खोजतलासको क्रममा मृत्युको रहश्य पत्ता लगाउन कोठा नम्बर २२०१ मा पुरै दृश्य रि-क्रिएट गर्न सक्छ । जसले घटनाको सत्यता पत्ता लगाउन सहज हुने आशा गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ