तश्विरमा: कतारको लेसेल सिटीमा बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तश्विरमा: कतारको लेसेल सिटीमा बनेक"/>

2026-06-25 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै बेला भोकै तड्पीने देश, आज विश्वमै सबैभन्दा धनि, लाखौँ नेपालीलाई रोजगार दिन्छ !

चैत २८, काठमाडौँ | कतारमा अल थानी परिवारले १९९० भन्दा अघिदेखि शासन गरेको छ, त्यतिबेला यो ब्रिटेनको सुरक्षामा थियो ।


तश्विरमा: कतारको लेसेल सिटीमा बनेको ट्विन टावर ।

सास | साउदी अरब र कतारको बीचको तनाव कम हुने अवस्था छैन । साउदीले कतारको समृद्धि देखि सहेको छैन त्यसैले उसले कतारलाई कहिलै राम्रो नजरले हेर्दैन । कतारको गन्ति संसारका त्यस्ता देशमा गनिन्छ कि, जसले निकै कम समयमा निकै धेरै सफलता हाँशिल गरेको थियो । १९७० सम्म यो देश करीब-करीब अरुको गुलाम बनेर रहेको थियो । इंटरनेशनल मोनेटरी २०१७ को रिपोर्ट अनुसार, यो देशको जीडीपी लिस्ट हेर्ने हो भने अहिले यो देशको नाम विश्वकै सबैभन्दा पहिलो नम्वरमा आउँछ । 

कतारमा अल थानी परिवारले १९९० पहिले देखि शासन गरेका हुन्, त्यतिबेला यो ब्रिटेनको प्रोटेक्शन मा थियो । १७ जुलाई १९१३ मा शेख अब्दुल्ला बिन कासिम अल थानी कतारको के शासक बनेका थिए । यो देशले सुरुवातमा माछा र मोतीको ब्यापार गर्थ्यो । तर १९२० मा मोतिको ब्यापारमा निकै गिरावट आयो, जसको कारण यहाँका जनता गरीब, भोकमरी र बिभिन्न रोगका सिकार बने । त्यतिबेला कतारको अवस्था निकै दयमय अवस्थामा थियो । 

कतार पुगेका धेरै नेपालीलाई यो देशको प्रगतिको बारे जानकारी छ: 


१९३९ मा यहाँ आयल (तेल) को खोजी भयो । त्यस पछी दोश्रो विश्वयुद्ध हुँदासम्म अर्थात १९४९ सम्म यहाँ विस्तारै केहि विकास भयो । तर १९५१ मा कतारले दैनिक ४६ हजार ५ सय ब्यारल आयल निकाल्न थाल्यो । यसको मूल्य करीब २८ करोड थियो । त्यहाँको कम्पनीले समुद्रको साथै थप स्थानहरुमा पनि आयल खोज्यो । त्यसको कारण कतारमा दैनिक आयल उत्पादन २ लाख ३३ हजार ब्यारल हुन थाल्यो ।

१९५० मा बन्यो पहिलो स्कूल र हस्पिटल


नयाँ उत्पादन स्रोतबाट कतारको शासकको गोजी भरिन थाल्यो । १९५० मा यहाँ पहिलो स्कूल, हस्पिटल, पावर प्लान्ट र टेलीफोन एक्सचेन्ज हुन थाल्यो । १९६० को दशकमा देशको नाफा नसोचेको तरिकाले बढ्न गयो । अल थानी परिवारले देशमा आफ्नो पकड थप बलियो बनायो । परिवारले हरेक सरकारी पोस्टमा आफ्नो परिवारको सदस्य तैनाथ गर्यो । जसलाई सोचेभन्दा बढी फाइदा दिन थाल्यो ।

१९७१ मा ब्रिटेनसंग छुट्कारा 


१९७१ मा कतार स्वतन्त्र भयो । ब्रिटेनले सुएज कनालबाट आफ्नो सबै सेना फिर्ता लग्यो । २२ फेब्रुअरी १९७२ मा पीता अमीर अहमद इब्न अलीलाई हटाएर खलीफा इब्न हमद आफै शासक बने । उनले रोयल फेमलीको खर्चमा कटौती गरेर सर्वसाधारणसँग जोडिएका विषयमा लगानी बढायो जसको कारण कतारका नागरिकहरु पनि धनि बन्न थाले । सामाजिक कार्यक्रम, घर, स्वास्थ्य, शिक्षा र पेन्सनसँग जोडिएको काममा कतारले कमाएको पैसा खर्च हुन थाल्यो ।

ग्याँस भण्डार भेटेपछि थप धनी 


१९७१ मा यहाँ ग्यासको भण्डार पनि भेटियो, तर पेट्रोलको उत्पादन लगातार भएपछी ग्याँस भण्डारको बिकास गरिएन । रूस र ईरानपछि कतारमा ग्याँसको सबैभन्दा धेरै भण्डार छ । यहाँको ग्याँसको रिजर्भ क्षेमता ८९६ ट्रिलियन क्यूबिक फीट छ । १९८० मा आयलको मूल्य घटेपछि १९८९ मा ग्यास रिजर्वको विकास शुरू भयो, तर त्यतिखेर उत्पादनको अवस्था कम्जोर थियो । 


१९९५ मा शेख हमद बिन खलीफा अल थानीले आफ्नो बुबा अमीर खलीफा बिन अहमदबाट कतारको शासन आफ्नो हातमा लिए । शेख हमदले नयाँ तरिकाले कतारको इकोनोमी बिकास गर्नको लागि निर्देशन दिए । उनले सबैभन्दा पहिले प्राकृतिक ग्याँस रिजर्वको जोडदार विकास गरे । यसको उत्पादन बढ्यो र कतारले पहिलो पटक लिक्विड नेचुरल ग्याँसको बाहिरी देशमा पठाउने कामको सुरुवात गर्यो । अन्तराष्ट्रिय कम्पनीहरुको मद्दतले कतारमा १४ लिक्वड ग्याँस प्लान्ट्सहरु खुले ।

अमेरिकी सेनाले दियो सुरक्षा


१९९० को दशकमा कतारले अन्तराष्ट्रिय कम्पनीहरुसँग मिलेर विश्वमा आफ्नो देशको आयल उत्पादन पठाउन थाल्यो । १९९६ मा कतारले ठूलो अल उदैद एयर बेस तयार गर्यो जुन अमेरिकी सेनाको लागि उपयोगी रह्यो । अमेरिकी सेनासँग मिलेपछि कतार निकै सुरक्षित बन्यो । १९९७ मा कतारले जापान र स्पेनसँग लंग टर्म एग्रीमेन्ट् (सम्झौता) गर्यो । त्यसैको आधारमा उसले उत्पादन गरेको प्राकृतिक ग्याँसहरु दिन थाल्यो । पछी उसका उत्पादन अरु देशले पनि किने ।

शैक्षिक सिटी र रिसर्च सेंटर


१९९८ मा यहाँको सरकारले एजुकेशन सिटी विकास गर्यो । यस लगत्तै अमेरिकाका ६ र यूरोपका २ यूनिभर्सिटी (विश्वविद्दालय) खुले । यहाँ रिसर्च सेन्टर पनि खुले । २००३ मा यहाँ कतार इन्वेस्टमेन्ट अअथोरिटी (क्यूआईए) बन्यो । जसको काम आयल-ग्यासबाट पाइने रकमबाट अर्को काममा लगाएर नाफा लिन सुरु गरियो । क्यूआईएले ठूलो स्तरमा बारक्लेज बैंक, हेरोड्स, पोर्शे, फक्सवेगन र पेरिस सेन्ट जर्मन फुटबल टीममा लगानी गर्यो । क्यूआईए मार्फत कतारले लन्डनमा सबैभन्दा ठूलो रियल इस्टेट होल्डर्सको परिचय पायो । वेस्ट यूरोपको उच्च बिल्डिङ र क्षेत्रमा इन्भेस्ट गर्दै अन्य क्षेत्रमा पनि कतारले बिल्डिङहरु किन्यो । जस मार्फत कतारको बिजनेस थप बढ्यो । 

फीफा वर्ल्ड कप गर्ने अवसर 


२००५ मा कतार फाइनेन्शियल सेन्टर बन्यो । देशको नेताहरुलाई थाहा थियो कि उनीहरुनै गल्फ देशको फाइनान्शियल लीडर बन्न्छन् । २००६ मा लिक्विड नेचुरल ग्यास एक्सपोर्ट गर्नमा कतारले इन्डोनेशियालाई पछाडी पर्यो । डिसेम्बर २०१० मा कतारमा फीफा वर्ल्ड कप २०२२ हुने भन्दै छानियो । कतारले यस ठूलो टूर्नामेन्टको लागि १२ स्टेडियम बनाउने भयो । जुन स्टेडियम बिशेष कूलिङ टेक्नोलोजीका साथ बनाईदैछ । कतारले स्पोर्टिङ हबको रुपमा पनि आफ्नो पहिचान बनाएको छ । यो देशले कयौं टूर्नामेन्ट होस्ट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ