२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्जेरियामा विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु

२८ चैत्र २०७४, बुधबार १६:३८

चैत २८, अल्जेरिया | (रासस/एएफ्पी) | चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ । 

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको अल्जेरियाली अधिकारीले बताएका छन् । 

इल्युशिन २–७६ विमानमा यात्रारत अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेका र दुर्घटनामा सम्पूर्ण व्यक्तिको निधन भएको अल्जेरियाली अधिकारीले जनाएका छन् । 

घटनास्थलमा पुगेका एएफपी फोटो पत्रकारले अल्जेरियाको बोफारिक हवाई शिविर नजिकै विमान जलेर ध्वस्त भएको अवस्थामा देखेको बताएका छन् । 


अल्जाएर्सको दक्षिणपश्चिमी क्षेत्रबाट घटनास्थलतर्फ सयौँ एम्बुलेन्स तथा दर्जनौँ दमकल साइरनसहित गएका उनले बताए । 

अल्जेरियाका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गरी विमानमा यात्रारत १० जना चालक दलका सदस्यसहित २४७ यात्रुको मृत्यु भएको पुष्टि गर्नुभएको छ । 

उपरक्षामन्त्री जनरल अहमद गाइद सालेहले विमान दुर्घटनास्थलमा पुगी घटनाको विवरण लिनुभएको रक्षा मन्त्रालयले बताएको छ । 

अल्जेरियाको कोन्सटेन्टाइनमा यस पहिले सन् २०१४ को फेब्रुवरीमा भएको विमान दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो भने सोही बर्ष जुलाईमा भएको अर्को अल्जेरियाली विमान दुर्घटनामा ११६ जनाको निधन भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र