2026-06-25 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट, नागरिकहरुमा अलर्ट रहन आग्रह

वैशाख ६, टोकियो | जापानको दक्षिण हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । 

ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । 

जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ । 

साइतोले टेलिभिजनमार्फत गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको छ । 

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ । 

उक्त निकायले ज्वालामुखी बिस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामूखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचारमाध्यमले जनाएको छ । 

स्थानीय सञ्चारमाध्ययमले ज्वालामूखीको समय खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए । 

जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो । 

त्यसैगरी सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामूखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो । जापानका हिमाली क्षेत्रलाई ज्वालामूखी विष्फोटका हिसावले अतिसम्वेदनशील क्षेत्र मानिन्छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ