2026-06-25 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालबालिकाले जिस्काएको बदला लिन चक्कू प्रहार गर्दा सातको मृत्यु, १२ जना घाइते

वैशाख १५, बेइजिङ | चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । 

स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । 

एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा एक जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते सवै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । 

स्थानीय सुरक्षा प्रशासनले घटनामा पाँच बालिका र दुई बालकको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेहरूमा नौजना छात्रा र दुई छात्र रहेका छन् । मृतक तथा घाइते सवैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू रहेका बताइएको छ । 

झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ