2026-07-10 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा २४ जुनदेखि महिलाहरुको हितमा नयाँ फैसला

जेष्ठ ६, एजेन्सी | साउदी अरबमा महिलाको लागि स्वतन्त्रता धेरै कम छ | तर अहिले भने रुढीवादी परम्परालाई तोड्दै साउदी अरब आधुनिक मान्यतातर्फ अगाडी बढिरहेको छ | त्यसको उदाहरण हो आगामी २४ जुनदेखि साउदी अरबका महिलाले एक्लै सडकमा गाडी चलाउन पाउने भएका छन् ।

साउदी अरबमा परम्परा र धर्मको नाममा महिलामाथि कयौं प्रकारका प्रतिबन्ध लगाइएको छ । जसमा ड्राइभिङ गर्नु पनि एक हो । यद्यपी साउदी राजकुमार मोहम्मद बिन सलमानले यी परम्परालाई हटाएर नयाँ फैसला लिएका छन् | उनको भनाई अनुसार आगामी २४ जुनदेखि महिलामाथि ड्राइभिङ गर्न लगाएको प्रतिबन्ध पूरै हटाइने छ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले गत वर्ष महिलाले गाडी चलाउन नपाउने प्रतिबन्ध हटाउने घोषणा गरेका थिए । महिलालाई पनि सवारी चलाउन दिने निर्णय चौतर्फी स्वागत गरिएको थियो । राजकुमारको यस्तो घोषणापछि साउदीका कयौं शहरमा त्यसकालागि ड्राइभिङ स्कुल पनि खोलिएका छन् । विशेष गरी महिलाका लागि  साउदीका पाँच शहरमा ड्राइभिङ स्कुल सुरु गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

साउदीमा परिवर्तनको नयाँ दौड सुरु भए संगै सिनेमामा  लगाइएको प्रतिबन्ध पनि हटाइसकिएको छ । साउदीको दुई शहरमा सिनेमा हल खुलिसकेका छन् । जहाँ महिला पनि सिनेमा हेर्न पाउँछन् । यसअघि साउदीमा महिलालाई सिनेमा हेर्न प्रतिबन्ध लगाइएको थियो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट