२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

२०७५, १२ जेष्ठ शनिबार १४:२०

एकराज पाठक | जेठ १२, काठमाडौँ | गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो । 

यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ । बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु भत्कायो र त्यसको साक्षी राखेको थियो अमेरिका, चीन, बेलायत, दक्षिण कोरियालगायतका पत्रकारहरु । ती पत्रकारले उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काएको आवाज सुनेको, देखेको समाचार सम्प्रेषण गरे । तर यस लगत्तै अमेरिकाले भने यस्तो घोषणा गर्यो जसलाई कोरियाले नमिठो मानेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएपछि उत्तर कोरियाले भनेको छ—हाम्रो इमान्दारिता र सदासयतालाई कमजोरीका रुपमा लिइयो, दक्षिण कोरियासँगको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि त्यस सम्झौता बमोजिम नै हामीले काम गरिरहेका छौँ तर दक्षिण कोरिया र अमेरिकाले हाम्रोमात्र दोष देखेका छन्, हाम्रो लचकतालाई महत्व दिएनन् । 

कोरियाको तर्क किन पनि सत्य हो भने गत अप्रिल २७ मा दुई कोरियाबीच यस्तो ऐतिहासिक भेट र सम्झौता भयो कि जुन यी दुई देश सन् ६५ वर्षअघि टुक्रिएपछि राष्ट्रपतिस्तरमा यसरी कहिल्यै भेटेका थिएनन् । अकस्मात विकसित कूटनीतिक सम्बन्धको यसरी विकास भयो कि यसमा उत्तर कोरियासमेत आणविक अस्त्र उत्पादन रोक्नेमात्र नभएर दुई कोरियाले युद्ध अन्त्यसम्मको सम्झौता गरे । यसलाई महत्वपूर्ण उपलिब्धका रुपमा विश्वव्यापी लिइयो । त्यसयता पनि दुई देशबीच उच्चस्तरका भेटवार्ता भएको छ र परिस्थिति सौहार्द बन्दैछ । 

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको थियो । सो वार्ताप्रति दुवै देश बडो इच्छुक पनि थिए । त्यस वार्ताको मिति तय गर्नुअघि अमेरिका र उत्तर कोरिया तथा दक्षिण कोरियाका उच्चस्तरीय भेटवार्ताहरु भए । राष्ट्रपति ट्रम्पले त्यस भेटमा अभूतपूर्व प्रगति हुने कुरा पनि समय समयका ट्वीटहरुबाट आएका थिए । उता उत्तर कोरियाको वार्ताप्रतिको अग्रसरता पनि शब्दमा निकै देखिएको हो, तर यसले सार्थकता पाउन भने सकेन । 

ठीक महिनादिन अघि दुई कोरियाबीच शिखर वार्ता शान्ति भएपछि अमेरिकासँगको पनि वार्ताको कुरा सुरुभयो । वार्ताको प्रस्ताव सुरुमा अमेरिकाले राख्यो, उत्तर कोरियाले स्वीकार गर्यो । राष्ट्रपति ट्रम्पका सुरु सुरुका ट्वीटहरु हेर्दा लाग्दथ्यो यी दुई देशबीचको आधा शताब्दि लामो सत्रुताको अब छिट्टै अन्त्य हुदैछ । वातावरण करिब महिनादिनसम्म त्यस्तै पनि रह्यो । 

तर पछिल्लो हप्ता भने अनायासै प्रस्तावित वार्ताबारे नकारात्मक समाचारहरु आउन थाले । उत्तर कोरियाले दक्षिणमा जारी रहेको अमेरिकासँगको संयुक्त सैन्य अभ्यास तुरुन्त रोक्न आग्रह गर्यो । उत्तरले भन्यो— उक्त सैन्य अभ्यास रोकिएन भने आपूmले दक्षिण तथा अमेरिकासँगै पनि वार्ता गर्दैनौँ । उत्तर कोरिया हप्ता दिनअघिको दक्षिण कोरियासँगको मन्त्रिस्तरको बैठकमा अनुपस्थित भयो । र उसले भन्यो, यदि सो सैन्य अभ्यास रोकिएन भने अमेरिकासँग पनि वार्तामा बसिँदैन । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गएको बुधबार उत्तर कोरियामाथि एउटा ठूलो आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, वार्तामा बस्ने त होइन कि उत्तर कोरियाको हालत लिबियाको जस्तो हुनुपर्छ । उहाँको आसय थियो लिबियाका पूर्व शासक माउमर गद्दाफिजस्तै उत्तर कोरियाको पनि हालत हुनेछ । वार्ताको वातावरण तयार भइरहेका बेला अकस्मात पेन्सबाट आएको यस अभिव्यक्तिप्रति उत्तर कोरिया आक्रोसित भयो । उसको आक्रोसले अमेरिकालाई पनि क्रुद्ध बनायो । तर यो गल्ती आफ्नो होइन भन्छ उत्तर कोरिया । यसरी वार्ताका लागि बनेको वातावरण एकपछि अर्काेगरी विथोलिँदै गयो । 

सिंगापुरमा हुने वार्ताप्रति अमेरिका र कोरियाहरु मात्र नभएर विश्व नै बढी उत्सुक थियो । विश्वमा आणविक अस्त्रको प्रतिश्पर्धाको त्रास फैलिएको बेला उत्तर कोरिया नै शान्तिका लागि तयार भएको खबरले झन एसियाली क्षेत्र र अझ बढी दुवै कोरियाली नागरिकमा शान्तिको आशा छाएको थियो । अझ कोरियाली नागरिकमा त करिब ६५ वर्षअघि छुट्टिएको पीडालाई एकै कोरिया भएर आफ्ना परिवारका छुट्टिएका सदस्यहरुसँग बाँकी समय बिताउन पाइएला कि भन्ने झिनो आशाले पनि छोएको थियो । तर त्यो आशामा बिहीबार अकस्मात तुषारापात भएको महसुश उनीहरुको छ । 

सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकोले एकै परिवारका सदस्यहरु पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नुपरिरहेको पीडालाई कम गर्नसके हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । 

कोरियामा विकसित नाटकीय परिवर्तनले संसारमा नै सकारात्मक तरङ्ग भने ल्याएको छ । र उत्पन्न यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्मै शान्तिको आशाको सञ्चार भएको छ । बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाई बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्दको रुप लिन सकोस भन्ने मनोकांक्षा यतिखेर विश्व र अझबढी त कोरियाली नागरिक छन् । 

वार्ता रोकिएको पत्र बिहीबार राष्ट्रपति ट्रम्पले उत्तरका नेता किमलाई पठाउनुभएको छ । पत्रमा धेरै कटुता छैन । उहाँले लेख्नुभएको छ, तपाईँहरुतर्फको आक्रोस र दुस्मनीको भावले गर्दा यो शिखर बैठक जुन १२ मा नगर्नेमा अमेरिका पुगेको छ तर वार्ता सधैँलाई स्थगित होइन । अनि उहाँले नेता किमलाई फोन गर्नु पनि भन्नुभएको छ । फेरि त्यस पत्र पढिसकेपछि उत्तरका नेता किमले पनि आफूहरु अमेरिकासँग जुनसुकै समय पनि वार्तामा बस्न तयार छौँ भन्नुभएको छ । 

अमेरिका अझै पनि केही शर्त उत्तर कोरियाले पूरा गर्नुपर्छ भन्छ तर उत्तर कोरिया आफूले गर्नुपर्ने भन्दा बढी गरेका छौँ भन्छ । शान्ति सम्झौता बमोजिम नै अणु अस्त्रको उत्पादन नगरेको तथा परीक्षणस्थल पनि भत्काएको तर यसको मूल्यांकन नभएको उत्तर कोरिया बताउँछ । तर पनि यतिखेर विश्वको चासो र खोजीको विषय हो— अमेरिका कोरिया वार्ता किन भाँडियो र कहिले हुन्छ ? यी हरेक प्रश्नले शिखर वार्ता र कोरियाली प्रायद्धीपमा शान्ति खोजेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित