2026-06-26 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

2018-06-07

जेठ २४, वासिङ्टन | यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ । 

उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग गर्न लाग्नुभएको वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् । 

जापानी प्रधानमन्त्री आबेको यस भ्रमणपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ । उहाँहरुको द्विपक्षीय वार्ता बिहीबारै हुने बताइएको छ । 

उक्त वार्ताको क्रममा विशेषगरी आगामी सो शिखर बैठकको बारेमा जापान र अमेरिकाको धारणा बुझ्ने काम हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीको धारणा बुझ्न खोज्नुभएको हो । 

अमेरिका र उत्तर कोरिया पनि पहिलो पटक यसरी वार्ताको टेबलमा बस्ने भनी आएको समाचारपछि जापानी प्रधानमन्त्रीले यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लाग्नुभएको हो । 

उता विकसित परिस्थिति बमोजिम नै अमेरिका र उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको जनाएका छन् । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ । 

यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गर्नुभएको छ । 

यस वार्ताका लागि उत्तर कोरिया पनि निकै सकारात्मक देखिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् । 

उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गर्नुभएको छ । 

त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार उत्तर कोरियाली नेता किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ । 

उहाँले अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्नुहुने समाचार उत्तर कोरियाली सरकारी समाचार समितिले दिएको थियो । 

गत हप्ता यो समाचार सार्वजनिक भएको भए पनि यस भेटवार्ताको बारेमा थप समाचार भने केही आएको छैन । 

यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने एक हप्ताअघि नै उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणपछि नेता किम पनि रुस जाने यो घोषणा आएको हो ।(रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ