2026-07-24 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको संसदमा बिपक्षी दल कंग्रेसका राहुल गान्धीले मोदीलाई अँगालो हाले

साउन ४, नयाँदिल्ली | (रासस/एएफपी) | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ । 

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गर्नुभएको हो । 

भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलि पल्ट शुक्रबार राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ । 

प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गर्नुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

विपक्षी दल कँग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ । 

सो अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो । 

शुक्रबार बिहान ट्वीट गरेर उहाँले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गर्नुभएको थियो । 

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो । 

उहाँले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक