2026-06-26 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

2018-08-10

साउन २५, यमन | उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । 

साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गर्नुभयो । उहाँलेभ भन्नुभयो, “बसमा हुथी विद्रोही चढेको आशंका गरिएको थियो । तर उनीहरुले बालबालिकालाई प्रयोग गरे ।” 

आइसीआरसीका अनुसार बालबालिकाले भरिएको सो बस हुथी विद्रोहीको बलियो प्रभाव रहेको सादाको दहमयान बजारतर्फ जाँदै थियो । 

स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शव प्राप्त भइसकेको छ । ती बालबालिका १५ वर्ष मुनिका छन् । क्षेप्यास्त्र आक्रमणमा परी ३० जना बालबालिकासहित ४८ व्यक्ति घाइते भएको आइसीआरसीले जानकारी दिएको छ । 

घाइतेहरुका कैयांै बालबालिकाको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ । 

घाइते र मृतकलाई विभिन्न स्थानीय अस्पतालहरुमा राखिएकोले मृतकको सही विवरण प्राप्त भइनसकेको रेडक्रसका प्रवक्ताले जानकारी दिएका छन् ।

विद्रोहीका अनुसार यस आक्रमणमा परी ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७७ घाइते भएका छन् । यो संख्या प्रायः बालबालिकाको भएको जनाइएको छ । 

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेश मन्त्रालयले यस घटनाको स्वतन्त्र रुपमा छानबिनका लागि आह्वान गरेका छन् । निर्दोष व्यक्तिहरुमाथिको यस्तो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनले पनि निन्दनीय मान्दछ । 

यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन नै बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ